नेकपा नेता पौडेलको निधनमा शोक प्रस्ताव पारित
शुक्रबार, ३१ जेठ २०७६, १२ : ५३

काठमाडौँ– प्रतिनिधिसभाले पूर्व शिक्षामन्त्री तथा संविधानसभा सदस्य धनीराम पौडेलको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले पुर्व मन्त्री पौडेलको निधनमा शोक प्रस्ताव पारित गरेको हो । पौडेल २०७० सालको संविधानसभा निर्वाचनमा तात्कालिन एकिकृत नेकपा माओवादीको तर्फबाट समानुपातिक सदस्यमा निर्वाचित भएका थिए ।
हाल नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य रहेका पौडेलको ५३ बर्षको उमेरमा जेठ ३१ गते शुक्रबार अर्थात आज बिहान चितवनको माडीमा असमायिक निधन भएको हो ।
बैठकले उहाँको निधनप्रति शोक प्रकट गरि श्रद्धाञ्जली अर्पण गर्दे शोक सन्तप्त परिवार प्रति समवेदना प्रकट गरेको छ ।
अर्को बैठक आईतबार बिहान ११ बजेका लागि बोलाईएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पच्चीस चलचित्र निर्मातालाई सम्मान गरिने
-
वर्षायाममा पनि काठमाडौँमा मेलम्चीको पानी वितरण हुने
-
समाजवाद प्राप्त गर्न अझै वर्ग सङ्घर्ष आवश्यक : पूर्वउपराष्ट्रपति पुन
-
तीन दिनदेखि बेपत्ता पुरुषको शव फेला
-
१० बजे १० समाचार : रविमाथि प्रश्न उठेपछि छलफलमा रास्वपा, ‘अलविदा’ भन्दै सम्पर्कविहीन डाक्टर रिसोर्टमा भेटिए
-
मलामी गएका किशोरको डुबेर मृत्यु