शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

न्यूजिल्याण्डको मस्जिदमा ५१ को हत्या गरेका शेनले भने, ‘मलाई कुनै अफसोस छैन’

शुक्रबार, ३१ जेठ २०७६, ०९ : १४
शुक्रबार, ३१ जेठ २०७६

न्यूजिल्याण्डको क्राइस्टचर्चमा दुई मस्जिदमाथि अन्धाधुन्ध गोली हानेर मानिसहरुको ज्यान लिने आरोपीले आफूलाई घटनाको कुनै पनि अफसोस नभएको बताएका छन् ।

आरोपीका वकिल शेन ट्याटले क्राइस्टचर्च हाइकोर्टमा ब्रेन्टन ट्यारेन्टले आफूले जे गरे त्यसमा केही पछुतो नभएको भनी अपिल गरेका छन् । घटनाको सुनुवाई अर्को वर्ष मे ४ मा हुनेछ ।

पुलिसले आरोपीमाथि ५१ व्यक्तिको हत्या, ४० लाई हत्या गर्ने कोसिस र आतंककारी गतिविधीमा समावेश भएकोलगायतका धारा लगाएका छन् । अदालतले उनको स्वास्थ्य परीक्षण पनि गराएको छ जसमा उनको मानसिक अवस्था ठिक पाइएको छ । टोरेन्ट अष्ट्रेलियाली मूलका फिटनेस इन्स्ट्रक्टर हुन् ।  अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले भनेका थिए, ‘ब्रेन्टन अष्ट्रेलियाका नागरिक हुन् र उनी कट्टरपन्थी राइट विंगसँग सम्बन्धित छन् ।’

पहिलो पेशीमा अदालतमा हाँसिरहेका थिए टोरेन्टः

२८ वर्षका टोरेन्टले मार्च १५ (शुक्रबार) मा क्राइस्टचर्चका दुई मस्जिद अल–नूर र लिनवुडमा दिउँसोको नमाजको क्रममा अन्धाधुन्ध गोलीबारी गरेका थिए । जसमा ५१ को ज्यान गएको थियो । घटनाको भोलिपल्टै शनिबार उनलाई अदालतमा पेश गरियो त्यतिबेला उनी मुस्कुराइरहेका थिए । मिडियाको अगाडि उनी हाँसिरहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप