जेसिबीको ठक्करबाट तीनको मृत्यु, पाँच घाइते
कञ्चनपुरको भीमदत्तनगरपालिका–८ बनगाउँस्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान जेसिबीले ठक्कर दिँदा अटोरिक्सामा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
पश्चिम दिशातर्फ आइरहेको से१त ७३३ नंको जेसिबीले ठक्कर दिँदा मे१ह ७६३ नंको अटोरिक्सामा सवार एक महिला र दुई पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
त्यसगैरी अटोमा सवार पाँच घाइते भएका छन् ।
दुर्घटनामा परी बैतडीको देहीमाण्डौँ नगरपालिका–२ का अन्दाजी २८ वर्षीय किशन बोहरा, पोखरा पृथ्वीचोक बस्ने ३५ वर्षीया बीना रिजाल र भारतीय नागरिक ५८ वर्षीय तिलप्रसादको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए ।
दुर्घटनामा परी गम्भीर घाइते भएका अटो चालक २६ वर्षीय प्रेम थापालाई भारत र अर्का घाइते बेल्डाँडी गाउँपालिका–७ का सन्तोष लुहारलाई धनगढी उपचारका लागि पठाइएको छ । त्यसैगरी दुर्घटनामा परी घाइते भएकी मृतक बोहराकी श्रीमती लक्ष्मी बोहरा, अन्दाजी तीन वर्षीय छोरा निशान्त बोहरा र भीमत्तनगरपालिका–१० का जगदीश पार्कीको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
जेसिबी चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा भागबण्डा टुङ्गियाे, सामाजिक विकास मन्त्रालय माओवादीलाई
-
‘कर्णालीबारे ५ प्रतिशत पनि लेखिएको छैन’
-
लम्जुङबाट ‘भाइरल गोर्खे’को छायांकन सुरु
-
केटाको परिवारले होटलको ढोका ढकढक्याए, भित्रबाट सुनियो बच्चा रोएको आवाज
-
नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : अध्यक्ष ढकाल
-
कर्णालीका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने