पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सकियो
भारतको मोतीहारीदेखि नेपालतर्फको अमलेखगन्जसम्म पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सकिएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी)को लागतमा निर्माण भइरहेको पाइपलाइनको पहिलो चरणअन्तर्गत जमिन खनेर पाइप बिछ्याइएको हो ।
नेपाल आयल निगमले परियोजना कार्यान्वयन एकाइ स्थापना गरेर कामको सुपरिवेक्षण गरिरहेको छ । नेपाल आयल निगमका इन्जिनियर शरद पौडेलका अनुसार सबै पाइप बिछ्याइसकेर जडानको काम सुरु गरिएको छ ।
मोतीहारी–अमलेखगन्ज रुटमा ६९.९ किलोमिटरसम्म पाइप बिछ्याइएको छ । भारततर्फ मोतीहारीदेखि रक्सौलसम्म ३२.६५ किलोमिटर छ । त्यतापट्टि तीन महिनाअघि पाइप बिछ्याइसकिएको हो ।
नेपालतर्फ रक्सौलदेखि अमलेखगन्जसम्म ३७.२५ किलोमिटर पाइप बिछ्याइएको छ । यसमध्ये पछिल्लो समय पथलैयादेखि अमलेखगन्जसम्मको ९ किलोमिटर खण्डमा जंगलको बीचैबीच पाइप बिछ्याइएको हो । नेपालतर्फ ३.६ किलोमिटरमा ड्रिलिङ गरेरसमेत पाइप राखिएको छ ।
परवानीपुरमा २ किलोमिटर र जितपुरमा १.६ किलोमिटर बजार क्षेत्रमा ८ देखी १६ मिटरसम्म जमिनुमनि ड्रिलिङ गरी पाइप बिछ्याइएको छ । बाँकी ठाउँमा सिमेन्टको क्यानल बनाएर पाइप राखिएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जुस खाँदा ग्राहक बिरामी परे, अनुगमन गर्दा पसललाई ५० हजार जरिवाना
-
चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन
-
जापानमा ७.१ म्याग्निच्युडको भूकम्प : सुनामीको चेतावनी फिर्ता
-
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
-
इन्स्पेक्टरको लिखित परीक्षामा ५१ जना उत्तीर्ण (सूचीसहित)
-
युवती मृत फेला, माइती पक्षद्वारा निष्पक्ष छानबिनको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण