मनसुनअगावै डेंगुको संक्रमणः अझैँ व्यापक हुन सक्ने विज्ञको चेतावनी
यसपटक मनसुनअगावै डेंगु फैलिएकाले संक्रमण अझ बढ्न सक्ने विज्ञहरुले चेतावनी दिएका छन् । धरानमा व्यापक भइसकेको डेंगु बिस्तारै मोरङ र झापामा समेत फैलँदै छ ।
‘मुख्य रुपमा बर्सेनि मनसुनपछि दसैँ–तिहारतिर डेंगु देखिने गथ्र्यो’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डाक्टर शेरबहादुर पुनले भने ‘मनसुन अगाडि नै यति धेरै ठाउँमा डेंगु देखिएको पहिलो पटक हो ।’ गत वर्ष दसैँ–तिहारतिर राजधानीको बालाजु क्षेत्र र पोखरामा डेंगु संक्रमण देखिएको थियो ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार डेंगुको कुनै विशिष्ट उपचार छैन । छिटो रोग पत्ता लगाउनुका साथै उचित चिकित्सकीय हेरचार पु¥याउन सके मृत्युदर १ प्रतिशतभन्दा कम हुनसक्छ । प्लोस नेग्लेक्टेड ट्रपिकल डिजिजमा प्रकाशित एक अध्ययनअनुसार १२८ मुलुकका ३ अर्ब ९० करोड जनसंख्या डेंगुको जोखिममा छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार १५ मा महासचिव पोखरेलेको सन्देश– किसानलाई करोडौँ अनुदान होइन मल, बीउ र उचित मूल्य देऊ
-
सुटिङका क्रममा कंगनाले वीर दासको ओठ टोकेर रक्ताम्मे बनाएको दाबी
-
करिब ७ सय ७५ किलो गाँजासहित ट्रक चालक पक्राउ
-
फिल्म ‘जलाकी’ मङ्सिर ४ बाट प्रदर्शनमा आउने
-
देउवा दम्पतीलाई महँगो परेको असार १५ को दही चिउरा
-
शोमा युवतीमाथि अश्लील टिप्पणी गरेपछि समय रैना फेरि विवादमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण