शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अल्जेरियाका पूर्व प्रधानमन्त्री सेल्लाल भ्रष्टाचार आरोपमा पक्राउ

बिहीबार, ३० जेठ २०७६, २२ : ५३
बिहीबार, ३० जेठ २०७६

अल्जेरिया-अल्जेरियाको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री अब्देलमालेक सेल्लाललाई पक्राउ गर्न दिएको आदेशपछि प्रहरी नियन्त्रणमा छ । 

भ्रष्टाचारको अभियोगमा उनलाई पक्राउ गर्न बिहीबार आदेश दिइएको देशको राज्यद्वारा सञ्चालित इएन टेलिभिजनले जनाएको छ । 

उनलाई पद र शक्तिको दुरुपयोग गरेको, सार्वजनिक कोषको रकम खर्च गरेको, व्यापारीहरुसँग फाइदा लिएको लगायतका अभियोगहरू लगाइएको छ ।

भ्रष्टाचारको अभियोगमा पक्राउ पर्नेमा उनी दोस्रो शीर्ष नेता हुन्  । यसअघि अर्का पूर्व प्रधानमन्त्री अहमद औयाहियालाई पनि भ्रष्टाचार गरेको अभियोगमा पक्राउ गरिएको थियो ।

अल्जेरियामा पछिल्लो समयमा भ्रष्टाचार विरोधी अभियान सशक्तरूपमा अगाडि बढेको र अभियानकै प्रभाव स्वरूप विशिष्ट व्यक्तिहरूलाई पनि पक्राउ गरिएको बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप