शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गुठी विधेयकको विरोधमा हजारौं पाटनवासी सडकमाः फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी (भिडियो)

बिहीबार, ३० जेठ २०७६, २१ : ४६
बिहीबार, ३० जेठ २०७६

ललितपुर-सरकारले हालै राष्टियसभामा दर्ता गरेको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको विरोधमा पाटनवासीले प्रर्दशन गरेका छन् । बिहिबार अपराह्न पाटन दरबार स्क्वायरबाट सुरु भएको जुलुस मंगलबार, सुन्धारा, लगनखेल हुँदै पुनः पाटन कृष्ण मन्दिर डबलीमा पुगेर कोणसभामा परिणत भएको थियो । 

बिरोधसभामा विभिन्न नेवार संघ संस्थाका प्रतिनिधिका साथै आदीबासी जनजाती संस्थाका प्रतिनिधीहरुले गुठी बिधेयक फिर्ता लिन माग गरे । उनीहरुले सरकारले उक्त बिधेयक फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । 

उनीहरुले नेपालको साँस्कृतिक सम्पदा संरक्षणका लागि पूर्खाले जोडेको गुठीको जग्गा सरकारले भूमाफियासँग मिलेर हडप्न खोजेको आरोप लगाए । अहिले आएको विधेयक जस्ताको तस्तै पास हुने हो भने नेवारी परम्परा जात्रा सबै मासिने उनीहरुको चिन्ता छ ।

काठमाडौं मरु बस्ने लुमिन ताम्राकारले गुठियारको हक अधिकार खोसिने भएको, मन नपरे फेरी फेर्न पाउने ब्यवस्थाका कारण आन्दोलनको विकल्प नभएको बताईन् । उनले गुठीको जग्गालाई प्राधिकरणमा लगेर सरकारले आफ्नो नियन्त्रणमा लिन लागेको भन्दै त्यसो गरिए गुठीमा आधारित परम्परागत सम्पदा जर्गेना नहुने बताइन् । 

यस्तै आन्दोलनमा सहभागी केशव शाक्यले अन्य धर्म फैलाउनका लागि गुठी मास्ने गरी विधेयक आएको बताए । उनले अन्य धर्म विस्तारका लागि यस्तो खेल भएको आरोप लगाए । सरकारले गुठी विधेयक फिर्ता खारेज नगरे ठूलो आन्दोलन गर्ने बताए  । 

जग्गा वा सम्पतिको रुपमा मात्र सरकारले हेरेको बताए । प्राधिकरणको नाममा गुठीको जग्गा सरकारी गर्न खोजेको उनको भनाई छ । परम्परा जोगाउने गुठीको जग्गालाई राष्टियकरण गर्न खोज्दा विद्रोह सुरु भएको उनले बताए । 
यस्तै नरेश ताम्राकार नेवा दे दबुका केन्द्रीय अध्यक्ष नेपालको संस्कृति, नेपालको अस्मिता, गुठियारहरुले हालसम्म सञ्चालन गर्दै आएको संस्कृतिमाथि सरकारले धावा बोलेपछि आन्दोलन गर्न बाध्य भएको बताउछन् । उनले कसैको मायाले गुठी नआएको बताउदै पुर्खाहरुले खाई नखाई गरेर सार्वजनिक हितका लागि जोडेको जग्गा सरकारले भूमाफियासँग मिलेर गिद्धे दृष्टि लगाएको बताउँछन् । 

यस्तै यादवलाल नेवाले नेपालको मन्दिर र सम्पदा समाप्त पार्न सरकारले अहिलेको विधेयक ल्याएको बताए । उनले नेपालका मन्दिर र सम्पदा संरक्षण गर्ने गुठीको जग्गा समाप्त पारेपछि नेपालको संस्कृति र सम्पदा पनि समाप्त हुने भएकोले सरकारले  नेपालको पहिचान नै मेट्न लागेको उल्लेख गरे । 
हेर्नुहोस भिडियो ः 
 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप