उद्घाटनमा लिभरपुल र नर्विच सिटी भिड्दै
एजेन्सी । सन २०१९/२०२० को इङ्लिस प्रिमियर लिगको नयाँ सिजन आगामी अगस्ट ९ तारिखबाट सुरु हुने भएको छ ।
प्रिमियर लिगको उद्घाटन खेलमा च्याम्पियन्स लिग विजेता लिभरपुल र प्रिमियर लिगमा बढुवा भएको नर्विच सिटी भिड्नेछन् ।
बिहिबार सार्वजनिक गरिएको तालिका अनुसार पहिलो चरणमा साविक विजेता म्यानचेस्टर सिटीले अगस्ट १० तारिख वेस्टहाम युनाइटेडको सामना गर्नेछ ।
सोही दिन एस्टन भिल्लाले सेफिल्ड युनाइटेड, बर्नलीविरुद्ध साउथह्यामटन, क्रिस्टल प्यालेसविरुद्ध एभर्टन, लेस्टर सिटीविरुद्ध वल्भ्स, वाटफोर्डविरुद्ध ब्राइटन र टोट्टनहामविरुद्ध एस्टन भिल्लाबीच प्रतिस्पर्धा हुनेछ ।
अगस्ट ११ तारिख हुने दुई खेलसँगै पहिलो चरणको खेल सकिनेछ । अगस्ट ११ तारिख न्युक्यासल युनाइटेड र आर्सनल तथा म्यानचेस्टर युनाइटेड र चेल्सीबीच प्रतिस्पर्धा हुनेछ ।
पहिलो चरणको खेलपछि सातामा पाँच खेल हुनेछ ।