शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दल दर्ताको निवेदन बोकेर बाबुराम र उपेन्द्र आयोगमा, सरकार छाड्ने चेतावनी

बिहीबार, ३० जेठ २०७६, १६ : ४१
बिहीबार, ३० जेठ २०७६

काठमाडौं –संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालबीच एकीकरण भइ बनेको ‘समाजवादी पार्टी नेपाल’ले  बिहीबार निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ । 

दल दर्ताको निवेदन दिन पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय  परिषद् अध्यक्ष डा बाबुराम भट्टराईलगायतका नेताहरु आयोग पुगेका थिए । 

एकीकृत पार्टीको झण्डा पूर्व फोरम नेपालकै हुनेछ भने चुनाव चिन्ह पछि बुझाउने नेता प्रकाश अधिकारीले जानकारी दिए ।  २५ जना पदाधिकारीसहित ४३० जना केन्द्रीय सदस्यको नामावली दिएर पार्टी दर्ता गराइएको बताइएको छ । 

 केन्द्रीय समितिको अध्यक्षमा उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्षमा डा.बाबुराम भट्टराई रहेका छन् ।  

पार्टीको वरिष्ठ नेता अशोक राई, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष रकम चोम्जोङ, हेमराज राई, नवराज सुवेदी, पर्शुराम खापुङ, हिसिला यमी, युवराज कार्की, रेण्ुाकुमार यादव, लालबाबु राउत,महासचिव रनध्वज कन्दङ्वा, गंगानारायण श्रेष्ठ, रामसहाय यादव, उपमहासचिव दानबहादुर विश्वकर्मा, डम्बर खतिवडा, प्रकाश अधिकारी, सचिवहरुमा दुर्गा शोव, पर्शुराम बस्नेत, प्रशान्त सिंह, मोहम्मद इस्तियाक राई र कोषाध्यक्षमा विजयकुमार यादव रहेका छन् । दुईजना सचिव पछि थपिनेछ । 

यसैबीच आयोगमा दल दर्ताको निवेदन दिएपछि अध्यक्ष बाबुराम भट्टराईले संविधान संशोधनलगायतका माग पूरा नभए पार्टी सरकारबाट बाहिरिने बताए । केही समय पार्टीले पर्खिने र माग पू्रा नभए सरकारबाट बाहिरिएर आन्दोलन चर्काउने भट्टराईको चेतावनी थियो । 

उनले समाजवादी पार्टी नेपाल देशको तेस्रो शक्ति भइसकेको भन्दै आगामी दिनमा पार्टीलाई थप सशक्त ढंगले अघि बढाइने पनि बताए । 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप