बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सार्वजनिक यातायातको भाडा बढ्यो, असार १ गतेदेखि लागु हुने

बिहीबार, ३० जेठ २०७६, १६ : २५
बिहीबार, ३० जेठ २०७६

काठमाडौं – सरकारले सार्वजनिक यातायातको भाडा १२ प्रतिशत वृद्धि गरेको छ । 

यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार  यायायात व्यवसायी, उपभोक्ताकर्मी र सुरक्षा निकायका प्रमुखलगायतसँग छलफल गरी भाडादर समायोजन गरिएको हो । 

मेकानिकल पार्टस्, सवारी साधनको मूल्य, श्रमको दर, इन्धनमा भएको मूल्यवृद्धिलगायतका कारण भाडादर वृद्धि गरिएको बताइएको छ । 

यसअघि व्यवसायीले भाडा वृद्धि माग गर्दै गर्दा दशैंअघि सरकारले सार्वजनिक सवारीको भाडा १० प्रतिशत बढाएको थियो।  

महानिर्देशक दाहालका अनुसार उक्त भाडामा थप १२ प्रतिशत वृद्धि गर्ने निर्णय सरकारले गरेको हो । योसँगै अब सार्वजनिक सवारी साधन चढ्ने यात्रुले ४ किलोमिटर सम्मको १६ रुपैयाँ भाडा तिर्नु पर्ने भएको छ। यसअघि १४ रुपैयाँ थियो । 

यस्तै दिउँसो सार्वजनिक सवारी चढ्दा न्यूनतम १६ रुपैयाँ तिर्नुपर्ने भए पनि रात्रीकालीन बसमा यात्रा गर्दा न्यूनतम २२ रुपैयाँ भाडा तिुर्न पर्ने जनाइएको छ । बढेको भाडा असार १ देखि लागू हुने विभागले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप