बंगलादेशी नागरिकले कमलादीमा ४ वटा बियर खाँदा २ लाख ५० हजार बिल !
काठमाडौं– राजधानीको कमलादीस्थित ज्याक डेनियल डान्सबारका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
डान्सबारमा पुगेका बंगलादेशी नागरिकलाई ठगी गरेको अभियोगमा प्रहरीले सञ्चालकहरु किरण भण्डारी, मोहन गुरुङ र क्षितिज लामालाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द बोगटीका अनुसार तीन जना बंगलादेशी नागरिक २७ गते राति डान्सबारमा पुगेका थिए ।
करीब एक घण्टा डान्सबारमा बस्दा जम्मा ४ वटा बियर र स्न्याक्स खाएर बिल माग्दा २ लाख ५० हजारको बिल थमाइएको थियो ।
त्यसपछि अत्याधिक बिल कसरी आयो भन्दै बंगलादेशी नागरिकले संञ्चालकलाई प्रश्न गर्दा उल्टै मोबाइल र भएका नगद खासेर दुर्व्यवहार गर्दै पठाइएको बंगलादेशी नागरिकले प्रहरीमा बयान दिएका छन् ।
मोबाइल र नगद डान्सबार सञ्चालकले खोसेपछि उनीहरुले प्रहरीमा खबर गरेका थिए । करीब ११ बजे महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी बिनोद घिमिरेको कमाण्डमा खटिएको टोलीले सञ्चालकहरु किरण भण्डारी, मोहन गुरुङ र क्षितिज लामालाई पक्राउ गरेको थियो ।
उनीहरुमाथि म्याद थप गरेर थप अनुसन्धान भइरहेको परिसरका प्रवक्ता बोगटीले जानकारी दिए ।
बोगटीका अनुसार यसअघि पनि बालाजु, नयाँ बसपार्क, ठमेललगायतका क्षेत्रमा यस्ता घटनाहरु हुने गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
५ प्रतिक्रिया
भर्खरै
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण