‘पासवर्ड’ गीत: यस्तो छ सन्नी लियोनीको नेपाली आइटम डान्स

काठमाडौं– बलिउड अभिनेत्री सन्नी लियोनीले आइट नृत्य गरेको फिल्म ‘पासवर्ड’को गीत सार्वजनिक भएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । ‘आजको साम’ बोलको आइटम गीतमा सन्नी बोल्ड अवतारमा देखिएकी छन् ।
बलिउड कोरियोग्राफर बिष्णु देभाको कोरियोग्राफी रहेको गीतमा सन्नी थुप्रै कोरसका साथ देखिएकी छन् । ५ करोड बढी लगानीमा तयार भएको यो फिल्मको गीतमा सन्नी र अभिनेता बिक्की जोशीको अभिनय देख्न सकिन्छ ।
विक्रम जोशीको शब्द, अर्जुन पोखरेलको संगीत रहेको गीतमा दुर्गा खरेलको स्वर छ । गीत लण्डनमा छायाँकन गरिएको हो । २७ भाद्रबाट ‘पासवर्ड’ सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्म सम्राट बस्नेत निर्देशन गरेका हुन् ।
विक्रम जोशी, हिरल जोशी र अमित बस्नेतको निर्माण रहेको फिल्म एक्सन थ्रिलर जनरामा निर्माण भएको छ । फिल्ममा बिक्रम जोशी (विक्की), अनुपविक्रम शाहि, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, विक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परिराना लगायतको अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमल थापा, दिपक सिंहसहित सात जना रिहा
-
धनगढी उपमहानगरपालिकामा २२ गते सार्वजनिक बिदा
-
राजावादी आन्दोलनमा रवीन्द्र र धवलशमशेर ‘गुमनाम’
-
जावलाखेल टू बुङ्मति : १० वर्षपछि रातो मच्छिन्द्रनाथलाई यसरी गरियो विराजमान (तस्बिरहरू)
-
डोटीमा अन्तरपालिकास्तरिय भलिबल प्रतियोगिता सुरू
-
आन्दोलनको ४ दिनमा सरकार–राजावादीबिच तनाव बढ्यो