‘पासवर्ड’ गीत: यस्तो छ सन्नी लियोनीको नेपाली आइटम डान्स
काठमाडौं– बलिउड अभिनेत्री सन्नी लियोनीले आइट नृत्य गरेको फिल्म ‘पासवर्ड’को गीत सार्वजनिक भएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । ‘आजको साम’ बोलको आइटम गीतमा सन्नी बोल्ड अवतारमा देखिएकी छन् ।
बलिउड कोरियोग्राफर बिष्णु देभाको कोरियोग्राफी रहेको गीतमा सन्नी थुप्रै कोरसका साथ देखिएकी छन् । ५ करोड बढी लगानीमा तयार भएको यो फिल्मको गीतमा सन्नी र अभिनेता बिक्की जोशीको अभिनय देख्न सकिन्छ ।
विक्रम जोशीको शब्द, अर्जुन पोखरेलको संगीत रहेको गीतमा दुर्गा खरेलको स्वर छ । गीत लण्डनमा छायाँकन गरिएको हो । २७ भाद्रबाट ‘पासवर्ड’ सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्म सम्राट बस्नेत निर्देशन गरेका हुन् ।
विक्रम जोशी, हिरल जोशी र अमित बस्नेतको निर्माण रहेको फिल्म एक्सन थ्रिलर जनरामा निर्माण भएको छ । फिल्ममा बिक्रम जोशी (विक्की), अनुपविक्रम शाहि, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, विक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परिराना लगायतको अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण