शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

करारमा कर्मचारी नियुक्ति गर्न  हुँदैन: पौडेल

बिहीबार, ३० जेठ २०७६, १५ : ०६
बिहीबार, ३० जेठ २०७६

मोरङ– नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले करारमा कर्मचारी नियुक्ति गर्न नहुने बताएका छन् ।  विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग  संक्षिप्त कुराकानी गर्दै उनले भने, ‘लोकसेवा आयोगले गर्न लागेको कर्मचारी भर्ना प्रक्रिया अदालतमा पुगेकाले त्यसको निर्णय सबैले मान्नुपर्छ ।’

वरिष्ठ नेता पौडेलले निष्पक्ष र स्वतन्त्र ढङ्गले कर्मचारी छनोट गर्ने प्रक्रिया लोकसेवा आयोगले गर्न पाउनुपर्नेमा जोड दिँदै राज्य व्यवस्था तथा सुशासन समितिले करारमा नियुक्ति गर्न दिनुपर्ने निर्णय सही नभएको टिप्पणी गरे ।

एक प्रश्नको जवाफमा नेता पौडेलले पार्टीको महाधिवेशन समयमा गर्न आफूले पहिलेदेखि नै आग्रह गरिरहेको उल्लेख गर्दै महाधिवेशनको मिति एक वर्ष सारिए निर्वाचनमा प्रभाव पर्ने र पार्टीलाई नोक्सानी हुने स्पष्ट पारे ।

भारतमा एस जयशंकर विदेशमन्त्री नियुक्त भएको बारेमा सोधिएको प्रश्नमा नेता पौडेलले नेपाल स्वतन्त्र राष्ट्र रहेको र हामीले आफ्नो निर्णय आफै गर्न सक्ने भएकाले विदेश मन्त्री नियुक्तिले नेपाल र भारतको सम्बन्धमा कुनै असर नपर्ने धारणा व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप