शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ओम अस्पतालमा पत्थरीको शल्यक्रिया गर्दा सानो आन्द्रा काटियो,  बिरामीको मृत्यु

बिहीबार, ३० जेठ २०७६, १४ : ४४
बिहीबार, ३० जेठ २०७६

काठमाडौँ– उपचारका क्रममा बिरामीको मृत्यु भएपछि चावहिलको ओम अस्पतालमा तनाव उत्पन्न भएको छ । पित्तथैलीमा भएको पत्थरीको शल्यक्रिया गर्दा ५० वर्षीया रामप्यारी थापामगरको मृत्यु भएको हो । उनको गत शुक्रबार पित्तथैलीको पत्थरीको शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि स्वास्थ्यमा सुधार आउनुको सट्टा झन्झन् जटिल बन्दै गए पछि शल्यक्रिया गरेको दुई दिन अर्थात गएको आईतबार सानो आन्द्रा पनि छेडिएको र त्यो नटाल्दा शरीरभर संक्रमण फैलिएर मृत्यु भएको बिरामीका आफन्तहरुले बताएका छन् ।

यस्तो छ मृतकका ज्वाई खड्ग श्रेष्ठको बयान
दिदीलाई बिहाबार पेट दुख्यो भनेपछि ओम अस्पतालमा स्वास्थ्य परीक्षणको लागि ल्याइएको थियो । अस्पतालको रिपोर्टले पत्थरी भएको देखायो । शुक्रबारनै शल्यक्रिया गर्नुपर्छ भन्ने अस्पतालको सल्लाह पछि गएको शुक्रबार जेठ २४ गते शल्यक्रिया गरियो । 

त्यसपछि स्वास्थ्यमा सुधार आउनुको सट्टा शनिबार रामप्यारीको ब्लड पेसर लो हुने उनलाई शास फेर्न गाह्रो हुने समस्या भयो । त्यसपछि अस्पतालले सबै स्वास्थ्य परीक्षण गरियो  र आइतबार सिटी स्क्यान सम्म गरियो । सिटी स्क्यानबाट पनि समस्या पत्ता नलागे पछि भिडियो एक्स-रे बाट निमुनिया होकी भन्ने आशंका भयो । निमोनिया भएको भए निको हुन्छ भन्ने सोचमा हामी थियौँ ।

पछि डाक्टरले आफन्तहरुलाई भित्र बोलाएर आन्द्रामा इन्जुरी रैछ भन्ने कुरा गरे अर्थात पत्थरीको शल्यक्रिया गरेको समयमा सानो आन्द्रा छेडे पनि नटाली पेटमा टाका लगाएको रैछ । तुरुन्त शल्यक्रिया गर्नुपर्छ भनेपछि आईतबार फेरि शल्यक्रिया गरियो । शल्यक्रिया सकेपछि डा.रविन कोइरालाले डेढ मिटरभन्दा बढी आन्द्रा काम नलाग्ने भएको रैछ त्यो आन्द्रा मैले काटेर फालिदिए भने ।

अहिले आन्द्रा नपुगेको कारणले बिरामीको आन्द्रा जोड्ने समय पनि पाईन मलद्धारमा जाने आन्द्रा मैले पेटबाट बाहिर निकाली दिएको छु डा.कोइरालाले हामीलार्ई भने । त्यसलगतै आईतबारनै बिरामीलाई भेन्टिलेटरमा लगियो । सोमबार पनि अलि ठिक हुँदैछ । मंगलबार अलि स्वास्थ्यमा समस्या आयो भनेर भन्दा भन्दै आज बिहान ७ बज्न २ देखि ३ मिनेट बाँकी हुँदा बिरामीको मृत्यु भयो । 

उपचार गर्न ल्याएको रामप्यारीको यसरी निधन भएपछि अहिले ओम अस्पतालमा आफन्तको घुँईचो लागेको छ । अस्पताल परिसरमा प्रहरी खटाइएको छ । मृतक रामप्यारीको ज्वाई खड्ग श्रेष्ठका अनुसार अहिलेसम्म पनि अस्पताल प्रशासनसँग छलफल नभएको बताए । अस्पतालबाट गल्ती भएको भन्ने कुराको कुनै पनि प्रतिक्रिया नजनाएको आफन्तहरुको भनाई छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप