शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रामकुमारी झाँक्रीले गरिन् सांसदलाई ल्यापटप दिने कुराको विरोध

बिहीबार, ३० जेठ २०७६, १२ : १८
बिहीबार, ३० जेठ २०७६

सांसदहरुलाई ल्यापटप बाँड्ने कुराको नेकपा सांसद रामकुमारी झाँक्रीले विरोध गरेकी छिन् । बिहिबार विनियोजन बजेटबारे छलफलका लागि बसेको संसद बैठकको शुन्य समयमा बोल्दै सांसद झाँक्रीले सांसदलाई ल्यापटप दिएर जनतामा नकारात्मक सन्देश दिन खोजेको बताइन् । 

उनले भनिन्–‘केही दिन अघिदेखि पत्रपत्रिकामा सांसदहरुलाई ल्यापटप बाँड्न संसद सचिवालयले टेन्डर आह्वान ग¥यो भन्ने सुने । यो सुन्दा मलाई दुःख लागेको छ किनभने सांसदहरुलाई यस्ता खुद्रा मसिना कुराहरु बाँड्ने र यसको हुर्मत लिने काम बेला बखत भइरहेको छ । 

कहिले ६ करोड सांसद विकास कोषको नाममा, ५१ सालमा निर्णय गरिएको भन्सार सुविधामा गाडि ल्याउँने कुरा । यी सबै कुराहरुले सांसदहरुलाई जनसँग दुरी बढाउने र सांसदप्रति जनताको नकारात्मक भावना विकास भएको देखिन्छ । 

क्रमश त्यसले संसदीय व्यवस्था र प्रजातान्त्रिक व्यवस्थामा नै आँच आएका घटना छन् ।’ उनले सांसदलाई प्रविधी मैत्री बनाउँछु भन्ने नाममा सस्ता कुराहरु गरेर सांसदहरुको हुर्मत लिने कुरा बन्द गर्न आग्रह गरिन । उनले भनिन्–‘यो विषय आपक्तिजनक छ, यसले सांसदहरुको मर्यादा पनि बढ्दैन ।’

यस्तै हुम्लाकी सांसद रंगमती शाहीले सरकारको नारा कोही भोकै नबस्ने रहेको तर  हुम्लाका लागि जाने खाद्यान्न नेपालगञ्ज र सुर्खेतमा थुप्रिएर बसेको उल्लेख गरिन । उनले  पटक पटक सरकारको सुनुवाई गर्दा पनि सुनुवाई नभएको बताउँदै भनिन्–‘हुम्ली जनता भोकै छन्, चामल बाटैमा हराउँछ । सुर्खेतमा थन्किएको चामल हवाई माध्यमबाट छिटो ढुवानी होस ।’ 

यस्तै सांसद राजेन्द्र केसीले  कलंकी नागढुङ्गा सडक आवतजावतमा कठिनाई हुँदा पनि सरकारले ध्यान नदिएको बताए । उनले सर्वोच्चले आदेश दिएपनि सडकको दायाँ बायाँ घर भएकालाई मुआब्जा दिन भने पनि सरकारले सुनुवाई नगरेको बताए । उलने भने–‘सरकारले कलंकी–नागढुङ्गाका जनतालाई छिटो मुआब्जा दिओस् ।’

अर्का सांसद राजेन्द्र कुमार राईले धनकुटा जिल्लाको महालक्ष्मी गाउँपालिका वठा नं ४ मा भिषण असिना पानीका कारण ४२ घरको धनजनको क्षति भएकोले उनीहरुलाई राहत दिने व्यवस्था गर्न माग गरे । 
सांसद राजेन्द्र प्रसाद गौतमले संखुवासभा जिल्लाको चैनपुर मालपोत कार्यालयले जग्गाको बढी राजस्व मूल्याङ्कन रकम बढाएकोले त्यसलाई भूमिब्यववस्था मन्त्रालयलाई हेर्न आग्रह गरे । साथै बालबिकास शिक्षकको तलब बृद्धी गर्न पनि आग्रह गरे ।  

अर्का सांसद रानी मण्डलले मधेसका जिल्लामा धान खेतीका लागि मलखादको व्यवस्था गर्न माग गरिन । बिचौलियाले मलको कालोबजारी गरेको, उच्च मूल्यमा किसानले खरिद गर्न बाध्य भएकोले समयमा सहुलियत दरको मल बिक्रीको ब्यवस्था गर्न आग्रह गरिन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप