शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कपिल शर्मालाई अनुपम खेरले यस्तो प्रश्न सोधे कि लाजले भुतुक्कै भए

बिहीबार, ३० जेठ २०७६, ११ : ३२
बिहीबार, ३० जेठ २०७६

कपिल शर्मा शोको अर्को एपिसोडमा बलिउडका वरिष्ठ कलाकार अनुपम खेर आउँदैछन् ।

सोनी टिभीको आधिकारिक आउन्टबाट शोको प्रोमो जारी गरिएको छ । प्रोमोमा कपिल शर्मा, अनुपम खेरको स्वागत गरिरहेको देख्न सकिन्छ । तर अनुपम स्टेजमा प्रवेश हुनेबित्तकै उनले कपिललाई यस्तो प्रश्न सोधे कि उनको बोली नै बन्द भएको छ ।

प्रोमोमा देखिए अनुसार कपिलले स्वागत गरेपछि अनुपम खेरले कपिलसँग उनको भविष्यको बच्चाबारे कुरा गर्छन् । उनले भन्छन्, ‘कपिलको छोरा वा छोरी जे भएपनि, ऊ निकै बदमास हुनेछ÷हुनेछिन् । ’

त्यसपछि अनुपमले कपिलसँग उनी पिता बन्न लागेको प्रश्न सोध्छन् । अनुपम प्रश्न सोध्छन्, ‘तपाईंको कार्यक्रममा म तपाईंलाई सोध्न चाहन्छु कि यस्ता के खबर छन् ?’

अनुपमको प्रश्नको कपिलले जवाफ दिन सक्दैनन् । अनुपमले थुप्रै पटक कपिललाई सोध्छन् कि खबर के छ ? अनुपमको यो प्रश्नको कपिल जवाफ दिँदै भन्छन् कि ‘मात्र तपाईंहरुको आशिर्वाद चाहिन्छ । ’

यो सुनेर अनुपम भन्छन्, ‘आशिर्वाद त तपाईंको चाहिन्छ ।’

अनुपमको यो हाजिर जवाफ सुनेर दर्शक त निकै रमाए तर कपिल शर्मा भने लाजले भुतुक्कै भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप