पाँच भारतीय गाडी पक्राउ
दाङमा अवैधरूपमा चलिरहेका पाँच भारतीय गाडीलाई पक्राउ गरी कारवाही गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले विभिन्न बहानामा दाङ आएर सस्तोमा सामान ढुवानी तथा यात्रु ओसारपसार गर्ने गरेका पाँच गाडीलाई पक्राउ गरेको हो ।
ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख मदन कुँवरका अनुसार भारतीय गाडीले गर्दा यहाँका यातायात व्यवसायी मर्कामा परेको गुनासो आएपछि यसमा कडाइ गर्न थालिएको छ ।
“अहिले भारतीय गाडी दाङ आएर व्यावसायिकरूपमा यात्रु ओसारपसार गरिरहेको भन्ने गुनासो व्यापक आउन थाल्यो”, उनले भने “त्यसैले गर्दा पनि हामीले निगरानी बढाएका हौँ ।”
दाङमा रुट परमिटविनै यात्रु बोक्दै आएको एउटा बोलेरो, चार जिपलाई नियन्त्रण लिई आवश्यक कारवाही थालिएको प्रमुख कुँवरले बताए । उनका अनुसार ट्राफिक प्रहरी कार्यालयले रु एक÷एक हजार जरिवाना काटेर थप कारवाहीका लागि यातायात व्यवस्था कार्यालय दाङमा पठाएको छ ।
त्यस्ता सवारीसाधनलाई यातायात व्यवस्था कार्यालयले रु पाँच हजारसम्म जरिवाना गर्ने व्यवस्था छ । भन्सार अनुमति लिएर निश्चित प्रयोजन र निश्चित समयका लागि मात्रै नेपालमा सञ्चालन हुन पाउने प्रावधान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै
-
बौद्धिक पलायन रोक्न पाठ्यक्रम परिमार्जन गरौँ : प्रधानमन्त्री
-
ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : मल्ल