भारत र न्युजिल्यान्ड १६ बर्षपछि भिड्दै

आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (बिहिबार) बलिया टोली न्युजिल्यान्ड र भारत भिड्दै छन् । जारी विश्वकपमा यी दुई टोली अपराजित छन् । ट्रेन्ट ब्रिजमा साँझ ३ः१५ बजे सुरु हुने खेलमा दुवै टोलीको लक्ष्य जित रहेको छ । यी दुई टोली विश्वकपमा १६ वर्षपछि एकआपसमा भिड्न लागेका हुन् । विश्वकपमा पछिल्लो पटक यी दुई टोली सन् २००३ मा भिडेका थिए । त्यतिवेला भारतले न्युजिल्यान्डलाई सात विकेटले हराएको थियो ।
जरी विश्वकपमा तीन खेल खेलेको न्युजिल्यान्ड शतप्रतिशत नतिजासहित ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । दुई खेलमा दुवै जित निकालेको भारत चार अंक सहित तेस्रो स्थानमा छ । न्युजिल्यान्डले पहिलो खेलमा श्रीलंकालाई १० विकेटले हराएको थियो । दोस्रो खेलमा बंगलादेशलाई दुई विकेटले हराएको न्युजिल्यान्डले तेस्रो खेलमा अफगानिस्तानलाई सात विकेटले पराजित गरेको थियो ।
यस्तै भारतले आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकालाई ६ विकेट र दोस्रो खेलमा अस्ट्रेलियालाई ३६ रनले पराजित गरेको थियो । भारतले हालसम्म सन् १९८३ र सन् २०११ म दुई पटक विश्वकपको उपाधि जितिसकेको छ । भारत सन् २००३ मा पनि फाइनलमा पुगेको थियो । न्युजिल्यान्डले विश्वकपको उपाधि जित्न सकेको छैन ।
दुवै टोली पहिलो संस्करणदेखि नै विश्वकपमा सहभागी हुँदै आएका छन् । यी दुई टोलीबीच विश्वकपमा हालसम्म भएको भिडन्तमा भारतभन्दा न्युजिल्यान्ड बलियो देखिन्छ । यसअघि दुई टोलीबीच विश्वकपमा सात खेल भएको छ । चार खेलमा न्युजिल्यान्ड र तीन खेलमा भारत विजयी भएको छ । दुवै टोलीमा स्टार र अनुभवी खेलाडी छन् । हाल बराबरी स्तरमा देखिएका यी दुई टोलीको भिडन्त रोचक हुने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई–दुई वर्षमा भन्सार एजेन्टको परीक्षा–पुरानालाई एक पटक मौका, स्नातक पास अनिवार्य
-
मुलुक विकासको मार्गमा अघि बढिरहेको छः महामन्त्री थापा
-
औद्योगीकरणबाट मात्रै अर्थतन्त्र सुधार गर्न सकिन्छः मन्त्री भण्डारी
-
स्वास्थ्य बीमामा वार्षिक २ खर्बको कोष जुटाउने यस्तो छ मन्त्रालयको योजना
-
पाकिस्तानमा सैन्य कारबाही, १० आतंककारी मारिए
-
सिन्धु विकास बैंकको साधारणसभामा किन भयो लफडा ?