बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

मेन्डी र जोभिक रियलमा

बिहीबार, ३० जेठ २०७६, १० : ०५
बिहीबार, ३० जेठ २०७६

स्पेनिस क्लब रियल म्याड्रिडले फ्रेन्च क्लब लियोनका रक्षक फेरल्यान्ड मेन्डी र सर्बियन स्ट्राइकर लुका जोभिकलाई क्लबमा भित्र्याएको छ । 

रियलले फ्रेन्च फुटबल टोलीका महत्वपूर्ण खेलाडी मेन्डीलाई ४७ मिलियन पाउण्ड र जोभिकलाई जर्मन क्लब फ्रान्कफर्टबाट ६२ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । रियलले २४ बर्षीय मेन्डी र २१ बर्षीय जोभिकसँग ६ बर्षको अनुबन्धन सम्झौता गरेको छ । मेन्डी सन् २०१७ मा पीएसजीबाट लियोन गएका थिए । 

उनले लिग वान क्लबबाट दुई सिजन ७९ खेल खेलेका थिए । यसैगरी जोभिकले यस सिजन ३२ खेल खेल्दै १७ गोल गरेका छन् । यससँगै रियलले समर ट्र««ान्सफरका लागि तीनसय मिलियन पाउण्ड खर्च गरिसकेको छ । 

रियलले यसअघि चेल्सीका ईडेन हजार्ड र सर्वियाका फरवार्ड लुका जोभिकलाई क्लबमा अनुबन्ध गरिसकेको छ । रियल यसै सिजन ब्राजिलका युवा स्ट्राइकर रोड्रिगोलाई पनि क्लबामा अनुबन्ध गर्ने तयारीमा छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप