४० भन्दा बढी मन्दिरै गायब, भूमाफियाले जग्गा त खाए, मूर्तिसमेत बाँकी राखेनन्
२५ वर्षअघिसम्म जनकपुरमा टोलैपिच्छे मन्दिर र कुटी भेटिन्थे । यतिबेला ती मन्दिर र कुटी छैनन् । मन्दिर र कुटी त हराए–हराए, भगवान्का मूर्ति पनि गायब भए । अहिले बाँकी छन् त केही मन्दिरका भग्नावशेष मात्र ।
पछिल्लो दुई दशकमा जनकपुरमा ४० भन्दा बढी मन्दिर मूर्तिसहित हराएका छन् । कुनै बेला मन्दिर र कुटी रहेका ठाउँमा अहिले ठूल्ठूला भवन छन् ।
जानकी मन्दिरका कारण प्रसिद्धि कमाएको जनकपुरमा ठूलो संख्यामा साधुसन्त आउँथे । छिमेकी भारत र स्वदेशकै साधु जनकपुर आएर भजनकीर्तन गरी रमाउँथे । ती साधुको भक्तिबाट आर्कषित भई जग्गादान गर्ने परम्परा थियो ।
सबै मन्दिर व्यवस्थित थिए । तर, भूमाफियाको चलखेल र मन्दिर संरक्षककै मिलोमतोमा कुटि मासिँदै गए । कुटीले दानमा पाएको जग्गा व्यक्तिमा नामसारी हुन थाल्यो र बिस्तारै भगवान्को मूर्तिसमेत बेचिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा मनिका झाले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तामिल फिल्मका दिग्गज निर्देशक भारतीराजाको निधन
-
‘नेपालले पनि भारतको सिमाना मिचेको छ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति लज्जास्पद र गैरजिम्मेवार : आङ्देम्बे (सम्बोधनको मुख्य अंशसहित)
-
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध नयाँ उचाइमा, आणविक मुद्दामा मौनता
-
सुर्खेतमा जसपा नेपालको क्षेत्रीय भेला, सङ्गठन सुदृढीकरण र निर्वाचनको समीक्षा
-
मनास्लु आरोहणको ७० वर्षः आरोहीलाई सम्मान
-
खुश्बु ओलीलाई ज्यान मार्ने धम्की, गृहमन्त्रीले भने– कानुनी कारबाही अघि बढाउँछौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण