शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नदी दोहन गर्न मेयरको टिपर, वडाध्यक्षको एक्साभेटर

बिहीबार, ३० जेठ २०७६, ०६ : ४०
बिहीबार, ३० जेठ २०७६

अव्यवस्थित र अनियन्त्रित रुपमा गिटी, बालुवा, ढुंगा झिक्दा कमला नदी संकटमा परेको छ  । जनप्रतिनिधि र सुरक्षा अधिकारीको मिलेमतोमा नदी दोहन बढेको हो । धनुषाको गणेशमान चारनाथ नगरपालिकाले कमला नदीको बहाव फर्काउने बहाना बनाएर खुलमखुला एक्साभेटर र डोजर लगाई दोहन तीव्र परेको हो ।

नदीवरपर सञ्चालित ढुंगारोडा उद्योगले नगरपालिका, जिल्ला समन्वय समिति र स्थानीय प्रशासनसँग गोप्य छलफल गरी कमला नदीमा एक्साभेटरमार्फत उत्खनन तीव्र बनाएका हुन् । 

जिल्ला समन्वय समिति धनुषाले २०७५ फागुन ३० मा गणेशमान चारनाथ नगरपालिकालाई पठाएको पत्रमा उल्लेख छ, ‘त्यस नगरपालिकाबाट २०७५ माघ ८ गते (च.नं ७७२) प्राप्त पत्रमा कमला नदीको बीचभागमा पानीको बहाव फर्काउने जेसिबी (एक्साभेटर) प्रयोगका लागि माग भएको जानकारी प्राप्त भयो । यो समाचार आजको नागरिक दैनिकमा मिथिलेश यादवले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप