बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

तालिवानका मुख्य कमाण्डरसहित ५४ जना मारिए

बुधबार, २९ जेठ २०७६, २२ : ३५
बुधबार, २९ जेठ २०७६

एजेन्सी-अफगानिस्तानमा तालिबान लडाकू समूहका एक जना मुख्य कमाण्डरसहित ५४ जना लडाकू मारिएका छन् ।  

देशको दक्षिणी जाबुल प्रान्तमा सरकारी सुरक्षाकर्मीहरूले गरेको आक्रमणमा परी उनीहरू मारिएको प्रान्तीय गभर्नर रहम्ताउल्लाह यार्मालले बुधबार जानकारी दिए ।

सरकारी सुरक्षाकर्मीहरूले राम्रो समन्वय गरेर मङ्गलबार भएको आक्रमण सफल र प्रभावकारी भएको उनले दाबी गरे ।   

डायचोपान जिल्लामा भएको सो आक्रमणमा परी अरू १७ जना घाइते पनि भएको गभर्नर यार्मालले बताए ।

लडाकूहरूको तर्फबाट भएको जवाफी आक्रमणका कारण सुरक्षाकर्मी तर्फका छ जनाको पनि मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप