झापामा डेंगु सङ्क्रमित बिरामी फेला
झापा-झापामा डेंगु सङ्क्रमित बिरामी फेला परेका छन् । बिर्तामोड, अर्जुनधारा, भद्रपुर र दमक नगरपालिकामा छ जना डेंगु सङ्क्रमित बिरामी फेला परेको अस्पताल स्रोतले जनाएको छ ।
बिर्तामोडस्थित पूर्ण टुङ्ग विर्ता सिटी अस्पतालमा छ जना डेंगु सङ्क्रमित बिरामीको उपचार भइरहेको र तीमध्ये तीन जना झापाका डेंगु सङ्क्रमित बिरामी रहेको अस्पतालका मेडिकल निर्देशक डा अनिल बस्नेतले जानकारी दिए । डा बस्नेतका अनुसार बिर्तामोड नगरपालिकाका दुई र अर्जुनधारा नगरपालिकाका एक जनासहित धरानका तीन जना डेंगु सङ्क्रमित बिरामीको उपचार भइरहेको छ ।
भद्रपुर नगरपालिकामा समेत एक जना डेंगु सङ्क्रमित रोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय भद्रपुरका अधिकृत कुलबहादुर पौडेलले जानकारी दिए । दमकमा समेत दुई जना डेंगु रोग सङ्क्रमित बिरामी फेला परेको दमक अस्पतालले जनाएको छ ।
डेंगुको सङ्क्रमणका कारण गत वर्ष झापामा दुई जनाको मृत्यु भएको थियो । दुई हजारबढीमा यो रेगको सङ्क्रमण देखिएको रोगलाई पूर्णरुपमा नियन्त्रणमा ल्याउन निकै समय लागेको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद