बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बाल्ट्राको शोरुम कान्तिपथमा

बुधबार, २९ जेठ २०७६, १९ : २२
बुधबार, २९ जेठ २०७६

काठमाडौं– विभिन्न रेञ्जका ठूला तथा साना होम एप्लाईन्सहरुका उत्पादनहरु नेपाली उपभोक्ताहरु माझ बिक्री–वितरण गर्दै आएको बाल्ट्रा होम एप्लाइन्सेस्ले राजधानीको कान्तिपथमा आफ्नो पहिलो शोरुमको उद्घाटन गरेको छ ।

जेठ २९ गतेका दिन शुभारम्भ भएको बाल्ट्राको शोरुमलाई नायिका प्रियंका कार्कीले उद्घाटन गरेकी थिइन ।  बाल्ट्राका उत्पादनहरुको विभिन्न रेञ्ज रहेको उक्त शोरुमबाट ग्राहकहरुले एउटै छत मुनि बाल्ट्राका सबै उत्पादनहरु खरिद गर्न सक्नेछन् ।

ईलेक्ट्रोनिक तथा घरेलु सामानहरुमा विविध र नवीन उत्पादनहरु उत्पादन गर्दै आएको बाल्ट्रा होम एप्लाइन्सेस्ले विगत १० वर्षदेखि नेपाली उपभोक्ताहरुको मन जित्दै आएको छ र शिघ्र नै बाल्ट्राले देशका विभिन्न स्थानहरुमा शोरुमहरु खोल्ने लक्ष्य लिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप