शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पूँजी परिचालन र सुशासनमा जोड दिन नारायणकाजीको सुझाव

बुधबार, २९ जेठ २०७६, १९ : ०७
बुधबार, २९ जेठ २०७६

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले मुलुकभित्रै रहेको पूँजी परिचालन र सुशासनमा जोड दिन सरकारलाई सुझाव दिएका छन् । प्रवक्ता श्रेष्ठले पूँजी परिचालन गर्ने क्षमताको विकास नगरी मुलुकलाई समृद्ध बनाउन नसकिने पनि स्पष्ट पारे ।

बुधबार ललितपुरमा ‘सानो पाईला’ नामक संस्थाले सञ्चालनमा ल्याएको ‘काश्य ज्वेलरी’ शोरुमको उद्घाटन गर्दै उनले वैदेशिक लगानीमात्रै भित्र्याएर मुलुकको विकास र समृद्धिको कामलाई तीव्रता दिन सकिन्छ भन्ने सोच सही नभएको पनि स्पष्ट पारे । प्रवक्ता श्रेष्ठले देशभित्रै उद्यमशीलताको विकास गरेर मुलुकलाई समृद्धिको अभियानमा अघि बढाउन युवाहरुलाई पनि आह्वान गरे ।

प्रवक्ता श्रेष्ठले सरकार एक्लैको प्रयासले मात्रै मुलुकलाई समृद्ध बनाउन नसकिने पनि दोहो¥याए । उनले व्यापारलाई समाज सेवाको अंगको रुपमा विकास गर्नुपर्नेमा पनि जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप