शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तत्कालीन राजा महेन्द्रबारे नकारात्मक टिकाटिप्पणी नगरौं: कमल थापा

बुधबार, २९ जेठ २०७६, १९ : ०१
बुधबार, २९ जेठ २०७६

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तत्कालीन शाहवंशीय राजा महेन्द्रबारे नकारात्मक टिकाटिप्पणी नगर्न सबैलाई आग्रह गरेका छन् ।  अध्यक्ष थापाले शाहवंशीय राजा महेन्द्रलाई निरंकुश राजाको संज्ञा दिने काम गर्नु सही विश्लेषण नभएको तर्क पनि गरे ।  

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले महेन्द्रले राजाको रुपमा विश्वसामू नेपाललाई स्वतन्त्र राष्ट्रको पहिचान दिलाएको उल्लेख गर्दै हरेक देशभक्त नेपालीले उनको योगदानलाई भूल्न नमिल्ने पनि बताए ।

अध्यक्ष थापाले तत्कालीन राजा महेन्द्रले नेपालको स्वतन्त्रताको रक्षा गर्न २०१७ सालको कदम चालेको दावी पनि गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप