लोकसेवा विज्ञापनको विरोधीले मागे मन्त्री र आयोगका अध्यक्षको राजीनामा, यस्तो छ भनाई (फोटो/भिडियो)
काठमाडौं– गत जेठ १५ गते लोकसेवा आयोगले स्थानीय तहका लागि खुलाएको विज्ञापनको विरोधमा काठमाडौंमा विरोध प्रदर्शन भएको छ । आदिवासी जनजाति तथा मधेशी निकट विभिन्न संगठनको नेतृत्वको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन भएको हो ।
प्रदर्शनका क्रममा उनीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको राजिनामा मागेका छन् । उनीहरुले विज्ञापन असमावेशी रहेको भन्दै त्यसलाई खारेज गर्न वा सच्याएर पुनः प्रकाशन गर्न समेत माग गरेका छन् ।
बुधबार बिहान भने लोकसेवाको विज्ञापनको पक्षमा माइतिघर मण्डलामा प्रदर्शन भएको थियो । अपराह्न भएको बिरोध प्रर्दशनमा सहभागी सरोज रायले लोकसेवाले विज्ञापन खोल्दा महिलाका लागि आरक्षण सिट राम्रो राखेपनि आदिवासी मधेसी, उत्पीडित वर्गका लागि भने विभेद गरेको बताए ।
उनले अहिले ९ हजार १ सय ६१ सिटका लागि खोलिएको विज्ञापनमा ४ हजार ८ सय सिट आरक्षण हुनुपर्नेमा त्यस्तो नभएको बताए । महिलाका लागि १३ सय ६० सिट आरक्षण हुनुपर्नेमा १६ सय ४२ हुनुपर्नेमा २ सय ८२ सिट बढेको छ ।
यस्तै आदिवासीको ११ सय ८३ सिट हुनुपर्नेमा जम्मा ५ सय ८ सिट अर्थात ५ सय ६ सिट गुमेको उनले बताए । यस्तै मधेशीलाई ९ सय ६० सिट हुनुपर्नेमा ७६ सिट दिइएको र ८ सय ३१ सिट घटेको उनको भनाई छ ।
दलितको ३ सय ७१ सिट हुनुपर्नेमा जम्मा ३० सिट दिइएको ३ सय ४१ सिट घटाइएको छ । यस्तै अपाङ्गता भएका व्यक्तिको २ सय ६ सिट हुनुपर्नेमा ४ सिट दिएर २ सय २ सिट घटाइएको रायले बताए । पिछडिएको समूहको १ सय ६५ सिट हुनुपर्नेमा २ सिट दिएर १ सय ६३ सिट घटाइएको छ ।
आरक्षणका क्रममा १८ सय ६० सिट घटाइएकोले आन्दोलन गर्नुपरेको उनले बताए । स्थानीय तहमा पद टुक्रा पारेर एउटा सुत्र निकालेर असमावेशी बनाइएको उनको दावी छ । प्रदर्शनमा सहभागी विभिन्न व्यक्तिहरुले उक्त विज्ञापन संशोधन गर्न माग गरेका छन् ।
हेर्नुहोस भिडियो :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न संघीय सरकारले मात्रै सक्दैन : अर्थमन्त्री पुन
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने