शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बझाङको देउलीकोटमा जिप दुर्घटना

बुधबार, २९ जेठ २०७६, १७ : ३८
बुधबार, २९ जेठ २०७६

बझाङ– बझाङको बुङ्गल नगरपालिका ९ देउलिकोटको निमिलीमा जिप दुर्घटना भएको छ ।  बुधबार बिजगडा बाट देउलीकोट स्वास्थ्य चौकीेतर्फ जाँदै गरेको से १ ज ५९९ जीप दुर्घटना भएको हो ।

ब्रेक फेल भएर जिप दुर्घटना हुँदा जिप धनी कर्णबहादुर धामी, जिप चालक लक्ष्मण धामी, देउलीकोटका स्वास्थ्य चौकी अहेब नरेन्द्र बोहरा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

जिप दुर्घटना भएर सडकबाट १ सय ५० मिटर तल खसेको थियो । घाईतेहरुलाई उपचारका लागि डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा रिफर गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप