शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वैदेशिक रोजगारमा जाँदा श्रम स्वीकृति शुल्क बैंकमार्फत तिर्नुपर्ने व्यवस्था गर्दै सरकार

बुधबार, २९ जेठ २०७६, १७ : १०
बुधबार, २९ जेठ २०७६

काठमाडौं– सरकारले वैदेशिक रोजगारमा जानेहरुको श्रम स्वीकृति र नविकरण शुल्क बैंकमार्फत नै  तिर्नुपर्ने व्यवस्था गर्न लागेको छ । वैदेशिक रोजगार बोर्डको सचिवालयले मंगलबार एक सुचना प्रकाशित गर्दै सबै बाणिज्य बैंकलाई सेवा सञ्चालनको अनुमतिका लागि आवेदन दिन भनेको छ ।

आवेदन दिन समय १५ दिनको राखिएको छ । बोर्डका अनुसार हाल सातवटा बाणिज्य बैंकले मात्र अनुमति लिएर काम गर्दैै आएका छन् । सबै बाणिज्य बैंकबाट यो सेवा उपलब्ध गराउन सरकारले बैंकहरुलाई अनुमति लिन भनेको हो । 

श्रमस्वीकृति मात्र होइन नविकरण शुल्क पनि बैंकमार्फत तिर्नुपर्ने व्यवस्था गर्न लागेको हो । कल्याणकारी कोष व्यवस्थापन समितिको गत जेठ २३ गते बसेको बैंठकले सबै बाणिज्य बैंकमार्फत शुल्क बुझाउन सकिने व्यवस्था गर्ने निर्णय गरेको थियो । सोही बमोजिम अहिले सूचना प्रकाशित गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप