पश्चिम नवलपरासीमा चट्याङ लागेर १ जनाको मृत्यु
बुधबार, २९ जेठ २०७६, १६ : १२
परासी– पश्चिम नवलपरासीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर गम्भीर घाइते प्रतापपुर गाउँपालिका–५ बेताहानीका ६५ वर्षीय झिन्कु लोनियाको आज दिउँसो मृत्यु भएको हो ।
आज दिउँसो १ः४५ बजेको समयमा बाटोमा हिँडिरहेको अवस्थामा अचानक चट्याङ लागेर गम्भीर घाइते भएका लोनियालाई उपचारका लागि सामुदायिक अस्पताल चौपत्ता लगेकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा