युगान्डामा इबोला देखियो
कम्पाला– युगान्डाका स्वास्थ्यमन्त्री जेन रुथ आसेङले युगान्डामा पहिलोपटक प्राणघातक इबोला रोगको संक्रमण देखिएको बताएका छन् । छिमेकी मुलुक कङ्गो नजिकको कासेस जिल्लाको पश्चिमी भेग निवासी एक पाँच वर्षीय बालकमा इबोलाको संक्रमण फेला परेको मन्त्री आसेङले बताए ।
कङ्गोमा इबोलाको संक्रमण व्यापक रुपमा फैलिएसँगै युगान्डामा सतर्कता अपनाइएको थियो । सन् २०१२ मा युगान्डामा इबोला र मारबर्ग भाइरस फैलिएको थियो । उक्त संक्रमणका कारण इबोलाबाट २० जना र मारबर्गबाट ९ जनाको ज्यान गएको थियो ।
इबोला ज्यादै संक्रामक रोग हो । इबोला भएका मानिसको शरीरले अर्को व्यक्तिलाई छोएमा अर्को इबोला संक्रमित हुन्छ । उच्च ज्वरो, झाडा र आँखा रातो हुनु यस रोगको लक्षण हो । विश्व स्वास्थ्य संगठनका अनुसार इबोलाको ज्वरोबाट मानिसको मृत्यु हुने दर ज्यादै बढी हुन्छ अर्थात् यस रोगबाट पीडित व्यक्तिको मृत्यु हुने सम्भावना ५० देखि ८९ प्रतिशत रहन्छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै