केन्द्रीय संस्करण
समाचार

लोकसेवा विज्ञापन विवाद : माइतीघरमा लाग्यो मुर्दावादको नारा ! (फोटोफिचर)

person explore access_timeजेठ २९, २०७६ chat_bubble_outline3
कृष्ण खड्का

रातोपाटी

काठमाडौं– संसदीय समितिले लोकसेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्न सरकारलाई निर्देशन दिएपछि त्यसको विरोधमा राजधानीको माइतीघरमा प्रदर्शन भएको छ । 

साझा विवेकशील पार्टीको नेतृत्वमा युवा तथा विद्यार्थीले प्रदर्शन प्रदर्शन गरेका हुन् । 

सो क्रममा सम्बोधन गर्दै साझा विवेकशील पार्टीका संयोजक रविन्द्र मिश्रले स्थानीय तहमा कर्मचारी नियुक्तीका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्न दिएको निर्देशन तत्काल फिर्ता लिन संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिसँग माग गरेका छन् । 

संयोजक मिश्रले संसदीय समितिले दिएको सो निर्देशन नमान्न लोक सेवा आयोगको पनि गम्भिर ध्यानाकर्षण गराए । 

 लोक सेवा आयोग स्वतन्त्र संवैधानिक अंग भएकाले संसदीय समितिले दिएको सो निर्देशन पालना गर्न बाध्य नहुने उनको तर्क छ । संयोजक मिश्रले लोक सेवा आयोगलाई राज्य व्यवस्था तथा सुशासन समितिले दिएको सो निर्देशन नमान्न दवाव दिन पनि आह्वान गरे । 

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको गत सोमबार बसेको बैठकले सो विज्ञापन तत्काल रद्द गर्न सरकार र लोक सेवा आयोगलाई निर्देशन दिएको थियो । संसदीय समितिको सो निर्देशनले युवा, विद्यार्थीहरुलाई प्रतिस्पर्धाको आधारमा लोक सेवा आयोगको परीक्षाबाट उतीर्ण भएर जागिर खाने आफ्नो अधिकार हनन् गरेको संयोजक मिश्रको भनाई छ ।

संयोजक मिश्रले राज्यले लोक सेवा आयोगमा समेत राजनीतिक हस्तक्षेप गरेर युवा÷विद्यार्थीहरुमाथि मानवताविरुद्धको अपराध गरिरहेको आरोप पनि लगाए । 

प्रर्दशनका क्रममा युवा÷विद्यार्थीहरुले लोक सेवा आयोगले खुलाएको सो विज्ञापन रद्द गर्ने निर्देशन फिर्ता नलिएसम्म संघीय संसदको राज्य व्यवस्था  तथा सुशासन समितिविरुद्धको आन्दोलन जारी राख्ने चेतावनी पनि दिएका छन । उनीहरुले समिति विरुद्ध चर्को नाराबाजी समेत गरेका थिए । 

समितिले दिएको सो निर्देशन फिर्ता लिन दवाव दिँदै काठमाडौंको माइतीघर मण्डलामा दुई दिनयता प्रदर्शन हुँदै आएको छ । 

कमेन्ट

  1. June 12, 2019, 7:09 p.m. राजन सौगात, मोरंग
    नालायक सरकारले आफ्नो जंगली रुप प्रष्ट पारेको छ, लोकसेवा आयोगको बिज्ञापन रद्द गर्न खोजेर आफ्नै भाई, भतिज , शाला, शालि लगायत आफ्नै कार्यकर्ता करारमा भर्ति गर्ने दाउमा छ यो सरकार .....
  2.  1 Reply
  3. June 12, 2019, 6:20 p.m. Yagya Prasa Sharma
    जेहेन्दार र योग्य ऊमेदवार लाई नंदिन संसदिय समितिको चाल हो। यसलाई परास्त गर्नु पर्छ
  4.  0 Reply
  5. June 12, 2019, 6:14 p.m. Yagya prasad Sharma
    Balla Rabdra Mishra le kura bujhehhan
  6.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...