पोखरा गोलीकाण्ड अपडेट: प्रहरीमाथि आक्रमण गरेपछि जवाफी फायर, गोली प्रहार गर्नेको पहिचान खुल्यो

पोखरा– पोखराको उत्तमचोकमा लागू औषध कारोबारीमाथि प्रहरीले गोली चलाएको छ । उत्तमचोकमा रहेको एक रेष्टुरेष्टमा गोली चलेको हो ।
प्रहरीले लागू औषध कारोबारी रेष्टुरेष्टमा रहेको थाहा पाएपछि त्यहाँ पुगेको प्रहरी टोलीलाई लागु औषध कारोबारीले दाउराको चिर्पटले प्रहार गरेपछि प्रहरीले जवाफी फायर खोलेको हो ।
प्रहरीको गोली लागि लागु औषध कारोबारी ३० वर्षीय गोविन्द थापा घाइते भएका छन् । घाइतेको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि लगिएको छ ।
लागू औषध कारोबारी घाइतेको बाँया खुट्टामा गोली लागेको प्रहरीको भनाई छ । निजको साथबाट डाइजापाम ५ सय, नुर्फिन ५ सय, फिनारगन ५ सय थान गरि १५ सय थान लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै प्रहरीतर्फ पनि एक जना घाइते भएका छन् ।घाइते थापाको आक्रमणमा परि सई सन्तोष सुवेदी सामान्य घाइते भएको प्रहरीको भनाई छ । घाइतेको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
घटनास्थलबाट ग १३ प ८२२८ नम्बरको घाइतेले प्रयोग गर्ने मोटरसाइकल पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीको निगरानीमा उपचारपछि दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउने प्रहरीको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी निरिक्षक गणेश सुवेदीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रण गर्न सफल भएको हो ।
प्रहरी घटनामा संलग्न २ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । उनीहरुबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख दानबहादुर कार्कीले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
टहरा भत्काएर सडक विस्तार
-
‘केको रिटायर्ड ? अन्तिम घडीसम्म कलाकारिता गर्ने हो’
-
पहलगाम हमला : न्यौपानेकाे शव घर आइपुग्यो, दाहसंस्कार गरिँदै
-
शशांकको घरमा चियापान, कांग्रेस नेताहरूको जमघट
-
प्रचण्ड र नारायणकाजी गोरखाको बारपाक जाने
-
भारतीय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक गौतम गम्भीरलाई ज्यान मार्ने धम्की, सुरक्षाको माग