शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पुलिसले पत्रकारको लुगा खोले, कुटे र अनुहारमा पिसाब फेरे (भिडियो)

बुधबार, २९ जेठ २०७६, १२ : ४७
बुधबार, २९ जेठ २०७६

भारतको उत्तर प्रदेशमा पुलिसले एक पत्रकारको कुरा खोले, कुटपिट गरे र उनीमाथि पिसाबसमेत फेरे । यो घटना मंगलबार राती शामलीमा भएको हो । ती पत्रकारले रेलको लिकबाट हटेकोबारे जानकारी जुटाइरहेका बेला उनीमाथि गभर्नमेन्ट रेल पुलिस (जिआरपी) का जवानले कुटपिट सुरु गरेको भारतीय मिडियाले जानकारी दिएको छ ।

कुटपिटको घटना भिडियोमा पनि कैद गरिएको छ । पत्रकार अमित शर्माका अनुसार पुलिसले उनको मुखमा पिसाबसमेत फेरेका थिए । घटनापछि दुई पुलिसलाई निलम्बित गरिएको जानकारी छ ।

भारतीय मिडियाका अनुसार एसएचओ राकेश कुमारसँग आएका दलले पत्रकारलाई कुटपिट गरेका हुन् । उनले आफ्नो कामबारे बताउने कोसिस गरिरहेका बेला उनीमाथि आक्रमण भएको बताइएको छ ।

एएनआईका अनुसार अमित धिमनपुरा नजिकै रिपोर्टिङ गरिरहेका थिए । सादा पोसाकमा भएका पुलिसले उनीमाथि कुटपिट गरेको र अन्य एकले उनले बोकेको क्यामरा खसालिदिएको पनि जानकारीमा उल्लेख छ ।  

उनले भने, ‘मैले क्यामरा उठाउने कोसिस गर्दा उनीहरुले ममाथि हमला गरे । पछि उनीहरुले मलाई जेलमा थुने पनि । यति मात्र होइन, मेरो कपडा फुकालियो र मुखमा पिसाबसमेत फेरियो ।’

एक समाचार च्यानलसँग काम गरिरहेको पत्रकार अमितमाथि कुटपिटपश्चात् सोसल मिडियामा मानिसहरुले रोष व्यक्त गरेका छन् । मानिसहरुले ती पुलिसमाथि कडा कारवाहीको माग गरेका छन् ।

अमित शर्माले भने, ‘केही दिन अघि रेलसेवामा गडबडीबारे फर्दाफास गरेको थिएँ । यसै कारण रेलवे पुलिसले नीजि दुश्मनी निकाल्नका लागि ममाथि कुटपिट गरेका हुन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप