बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अस्ट्रेलियालाई हराउने पाकिस्तानको दाउ

बुधबार, २९ जेठ २०७६, १० : ३९
बुधबार, २९ जेठ २०७६

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (बुधबार) साँझ साविक विजेता अस्ट्रेलिया र पाकिस्तान खेल्दैछन् । पाँच पटकको विश्वकप विजेता अस्ट्रेलिया बलियो टोली हो । एक पटक विश्वकप उपाधिको स्वाद चाखेको पाकिस्तान पनि अस्ट्रेलियालाई हराउने दाउमा छ ।

यस विश्वकपमा यी दुवै टोलीले तीन तीन खेल खेलेका छन् । अस्ट्रेलिया दुई जित र एक हार खेपेको छ । अस्ट्रेलियाले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई सात विकेटले हराएको थियो । दोस्रो खेलमा वेस्ट इन्डिजलाई १५ रनले हराएको अस्ट्रेलिया तेस्रा खेलमा  भारतसँग ३६ रनले पराजित भएको थियो ।

पाकिस्तानले एक जित, एक हार र एक बराबर नतिजा निकालेको छ । पाकिस्तान पहिलो खेलमा वेस्ट इन्डिजसँग सात विकेटले पराजित भएको थियो । दोस्रो पाकिस्तानले घरेलु टोली इङ्ल्यान्डलाई १४ रनले हराएको थियो । पाकिस्तान र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्ध भएको थियो ।

अस्ट्रेलिया अहिले लयमा देखिएको छ । पाकिस्तानी टोलीको प्रदर्शन अहिले एकनासको छैन । अस्ट्रेलियाको ब्याटिङ, बलिङ र फिल्डिङ सबै उत्कृष्ट छ । पाकिस्तानको बलियो पक्ष बलर हो । यसअघि विश्वकपमा खेलिएको खेलमा अस्ट्रेलिया नै बलियो देखिएको छ ।  विश्वकपमा दुई टोली नौ पटक भिडेका छन् । जसमा पाँच खेल अस्ट्रेलिया र चार खेल पाकिस्तानले जितेको छ । काउन्टी ग्राउन्डमा यी दुई टोलीबीचको भिडन्त रोचक हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप