बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सन नेपाल लाइफ इन्सुरेन्सको बिमा योजना अब ग्लोबल आइएमई बैंकबाटै पाईने

मङ्गलबार, २८ जेठ २०७६, १८ : ३२
मङ्गलबार, २८ जेठ २०७६

काठमाडौं– ग्लोबल आइएमई बैंक लि. र सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लि. बीच संस्थागत अभिकर्ता सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकको तर्फबाट सहायक महाप्रबन्धक आरती राणा र सन नेपाल लाइफ इन्सुरेन्सको तर्फबाट प्रमुख बजार व्यवस्थापक राजु के.सीले हस्ताक्षर गरे ।

सम्झौता पत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंक लि. का १३७ वटै शाखाहरु मार्फत सन नेपाल लाइफ इन्सुरेन्स कम्पनीको जीवन बिमा योजनाहरु खरिद गर्नुका साथै जीवन बिमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप