शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

लोकसेवा आयोगको विज्ञापन खारेज गर्न जनजातिहरुको माग

मङ्गलबार, २८ जेठ २०७६, १७ : २५
मङ्गलबार, २८ जेठ २०७६

काठमाडौं– स्थानीय तहको कर्मचारी नियुक्तिका लागि लोक सेवा आयोगले खुलाएको विज्ञापन तत्काल खारेल गर्न सरकारसँग माग गर्दै आदिवासी÷जनजातिहरुले पनि मंगलबार काठमाडौंमा विरोध प्रर्दशन गरेका छन् ।

 समावेशी सिद्धान्तको विपरित सो विज्ञापन खुलाइएको दावी गर्दै तत्काल खारेज गर्न माग गर्दै उनीहरुले मंगलबार अपरान्ह काठमाडौंको माईतीघर मण्डलामा विरोध प्रर्दशन गरेका हुन् । प्रर्दशनका क्रममा उनीहरुले सरकारलाई संविधान र कानुनअनुसार चल्न पनि सचेत गराएका छन् ।

संघीय तामासालिङ मञ्च, नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, किराँत याक्थुम चुम्लुङ, नेपाल मगर संघलगायतका विभिन्न जातीय संघ, संगठनहरु सहभागी भएको विरोध प्रर्दशनमा गुठी विधेयक पनि फिर्ता लिन माग गर्दै सरकारविरुद्ध चर्का नाराबाजी गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप