शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

टिचिङ अस्पतालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी

मङ्गलबार, २८ जेठ २०७६, १७ : ०७
मङ्गलबार, २८ जेठ २०७६

काठमाडौँ–महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा चमेनागृहको टेण्डरमा आर्थिक चलखेल भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । बोलपत्रमा पहिलो नम्बरमा नाम सार्वजनिक भएको कम्पनीलाई अस्वीकृत गरेर तेस्रो नम्बरको कम्पनीलाई स्वीकृत दिएको भन्दै लामा क्याफेका प्रोपाईटर विजय लामाले आयोगमा उजुरी दर्ता गरेका हुन् । 

त्रिवि शिक्षण अस्पतालको चमेना गृह भाडामा दिन ०७५ चैत्र १८ गते गोरखापत्रमा वोलपत्र आह्वान गरिएको थियो । वोलपत्रमा ७ कम्पनीको नाम छनोट गरिएको थियो । तर  पहिलो र दोस्रो नम्बरमा नाम सार्वजनिक भएको दुई कम्पनीलाई टेण्डर नपारी तेस्रो व्यक्तिलाई टेण्डर पर्ने छाटकाट देखिएको भन्दै टिचिङमाा लामा क्याफे सञ्चालकले छानविन गरि आवश्यक कारवाहीको लागि आयोगमा पत्र दर्ता गरेका हुन् ।

निवेदक लामा क्याफेले कवोल गरेको मासिक भाडा रु. १७ लाख ५१ हजार ११ रुपैयाँ र श्री जयसुमन जनशक्ति सेवा कम्पनी रु. १५ लाख ६५ हजार ६ सय ५९ रुपैयाँ मासिक भाडा राखिएको थियो  । लामा क्याफेको भन्दा मासिक भाडा २ लाख कम भएको तेस्रो नम्बरमा नाम सार्वजनिक भएको कम्पनीलाई वोलपत्र स्वीकृत गर्ने सूचना प्राप्त भएको भन्दै आर्थिक छानविन गर्न माग गरिएको छ । 

गोरखापत्र दैनिकमा प्रकाशित लामा क्याफे पहिलो नम्बरको बोलपत्र अस्वीकृत गरि तेस्रो नम्वरमा रहेको श्री जयसुमन जनशक्ति सेवा कम्पनीलाई स्विकृत गर्न खोजिएको भन्दै निवेदन परेको हो । पहिलो र दोस्रो नम्बरमा नाम निस्केको कम्पनीलाई अस्वीकृत गर्ने र तेस्रो व्यक्तिलाई दिनुमा अस्पताल प्रशासन आर्थिक चलखेलको लोभमा लागेर तेस्रो व्यक्तिलाई टेण्डर वोलपत्र भर्ने कम्पनीहरुको आरोप रहेको छ ।

त्रि.वि आर्थिक व्यवस्थापन तथा खरिद सम्बन्धिको नियमअनुसार जाने हो भने एक करोडभन्दा माथिको लागत अनुमान त्रि.वि को डिनको कार्यालयले हेर्नुपर्ने हुन्छ । तर यो टेण्डरको पत्र डिनको कार्यालयमा नपुगी अस्पताल प्रशासनले मिलाएको आरोप लगाएका छन् । टेण्डर आह्वान गर्ने दुई कम्पनी सञ्चालकले भने वोलपत्र नियमअनुसार नभएको भन्दै रद्ध गर्नुपर्ने माग गरेका छन् । 

हाल टेण्डर स्वीकृत गरिएको कम्पनीको कवोल गरेको रकम लामा क्याफेको भन्दा कम भएको र उक्त कम्पनी खाद्य तथा गुणस्तर विभागबाट कारवाहीमा परेको सो कम्पनीले पहिला पनि नियमित भाडा नतिरेको पत्रका उल्लेख गरिएको छ । जयसुमन जनशक्ति सेवा कम्पनीलाई सिधै वोलपत्र स्वीकृत गर्ने आशयको सूचना जारी भएको हुँदा आवश्यक छानविन गरि उक्त वोलपत्र रद्ध गर्नु निवेदनमा उल्लेख गरेको छ ।

वोलपत्रमा पर्ने ७ कम्पनीहरु  

 
यता टिचिङ अस्पतालका प्रशासन प्रमुख सूर्य प्रसाद अधिकारीले भने चमेना गहृको टेण्डर निश्पक्ष रुपमा भएको बताएका छन् ।  ७ वटा कम्पनीले वोलपत्र भरे पनि ३ वटा कम्पनी छानिएको र त्यसमा पनि राम्रो नम्बर श्री जयसुमन कम्पनीको आएको हुँदा आशयपत्र पनि सोही कम्पनीको नाममा आएको प्रमुख अधिकारीले बताए ।

टेण्डर स्वीकृत गर्ने क्रममा भाडा धेरै आउने कुराभन्दा पनि टेक्निकल र आर्थिक ५०/५० प्रतिशत हुनुपर्ने र यसमा जयसुमन अर्थात ३ नम्बरको कम्पनीको नम्बर राम्रो भएको हुँदा टेण्डर स्वीकृत भएको अस्पतालले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप