बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

साम्राज्ञीलाई पुष्पले ‘जाम्न माया जाम’ भनेपछि बबाल

मङ्गलबार, २८ जेठ २०७६, १६ : ४३
मङ्गलबार, २८ जेठ २०७६

काठमाडौं– अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको फिल्म ‘मारुनी’को ‘जाम्न माया जाम’ बोलको गीत सार्वजनिक भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रम गर्दै निर्माण युनिटले गीत सार्वजनिक गरेको हो । 

‘जाम्न माया जाम’ बोलको गीतमा दिपक बज्रचार्यको स्वर छ । ‘मनमगन’ गीतपछि दिपकको क्रेज फेरि एकपटक चुलिएको छ । गायक बज्रचार्य ‘जाम्न माया जाम’ ले दर्शकलाई फेरि एकपटक नचाउने बताउँछन् ।
गीतको भिडियोमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक पुष्प खड्काले नृत्य गरेका छन् । साथै, सय बढी कोरसलाई क्लबमा नचाइएको छ ।

गीतको भिडियोलाई प्रविण सिंहले कोरियोग्राफी गरेका हुन् । निर्मात्री पूनम गौतम गीत सार्वजनिक भएसँगै दर्शकको उत्साह चलचित्रप्रति अझै बढ्ने बताउँछिन् । १३ भदौबाट प्रदर्शनमा आउने यो फिल्म ‘मारुनी’लाई नवल नेपालले निर्देशन गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप