बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कैलाली कञ्चनपुर हुरी: २ हजारभन्दा वढी घरमा पूर्ण क्षति

मङ्गलबार, २८ जेठ २०७६, १६ : ०२
मङ्गलबार, २८ जेठ २०७६

धनगढी– गत बिहीबार साँझ आएको बिनाशकारी आँधीहुरीले धनगढी उप–महानगरपालिका क्षेत्रभित्र मात्रै एकहजार ८ सय ३५ घरमा पूर्ण क्षति पु¥याएको छ । धनगढी उप–महानगरपालिका स्तरीय विपद व्यवस्थापन समितिले संकलन गरेको विवरणअनुसार १९ वटै वडामा संकलन गरेको तथ्थांकअनुसार एकहजार ८ सय ३५ घरमा पूर्ण क्षति पु¥याएको पाइएको हो ।

नगरस्तरीय विपद व्यवस्थापन समितिका संयोजक तथा धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले आंशिक क्षतिको विवरण ७ वडाको मात्रै संकलन गर्न सकिएको बताए । १२ वडाको घरमा भएको क्षतिको विवरण संकलन भइरहेको उनले बताए ।

पहिलो चरणमा पूर्णरुपमा घरमा क्षति भएका परिवारलाई राहत वितरण गर्ने काम भैरहेको बताइएको छ । धनगढी उप–महानगरपालिकाले पूर्ण रुपमा घरमा क्षति पुगेका घरपरिवार मध्य ७ सय ६६ परिवारलाई ओत लाग्न टेन्ड वितरण गरिएको प्रमुख वडले बताए ।

राहत वितरण कार्यलाई प्रभावकारी बनाउन सोमबार मात्रै धनगढी उप–महानगरपालिकाले जिल्लामा क्रियाशील राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरुसँग समन्वय बैठक राखेर राहतमा जुटेको जिल्ला रेडक्रम सोसाईटी कैलालीका अध्यक्ष उत्तम जोशीले बताए । उनले भने, ‘अपुग हुने राहत सामाग्री उपलब्ध गराउने र वितरण एकद्धार प्रणालीमार्फत गर्ने निर्णय भएको छ ।’

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद व्यवस्थापन उप–समितिका संयोजक मोहन जोशीले जेठ २३ गतेको हावाहुरीबाट दुईहजार दुईसय १६ घरमा पूर्ण क्षति पुगेको विवरण प्राप्त भएको बताए । एकहजार ३ सय ४१ परिवारलाई टेन्डलगायतका राहत सामग्री उपलब्ध गराइसकिएको बताइएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप