बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

रामकृष्ण ढकालको ‘तिम्रो महल’ सार्वजनिक

मङ्गलबार, २८ जेठ २०७६, १३ : ५०
मङ्गलबार, २८ जेठ २०७६

नेपाली सुगम संगीतका लोकप्रिय गायक रामकृष्ण ढकालको नयाँ गीत ‘तिम्रो महल’ को भिडियो सार्वजनिक भएको छ । 

माधव ढकालको शब्द र गैरे सुरेशको संगीतले सजिएको गीतको भिडियोमा दिपेन गौतम र जुना सुन्दासको अभिनय रहेको छ ।

  भिडियोको निर्देशन युवराज वाइवाले गरेका हुन् । गीतका रचनाकार ढकाल निजामती सेवाका उपसचिव समेत हुन् । यसअघि ढकालको ‘तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ’ बोलको गीत बहुचर्चित बनेको थियो । ५ सय भन्दा बढी गीतमा संगीत भरिसकेका संगीतकार गैरे भने पछिल्लो समयका व्यस्त संगीतकार मानिन्छन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप