अबको शिक्षा प्रविधिमैत्री हुनुपर्छ : शिक्षामन्त्री
ओखलढुंगा–शिक्षा विज्ञान प्रविधि तथा जनसंख्या मन्त्री गिरिराजमणि पोखरेलले अबको शिक्षा प्रबिधिमैत्री हुनुपर्नेमा जोड दिएका छन् ।
युनाईटेड मिसन टु नेपालले ओखलढुंगामा सञ्चालन गरेको प्रबिणता प्रमाणपत्र तहको नर्सिङ कक्षाको अवलोकन गर्दै मन्त्री पोखरेलले यस्तो बताएका हुन् ।
उनले बिद्यालय तहमा घोकन्ते शिक्षा हाबी भएकाले अबको शिक्षा प्राबिधिक धारको हुनुपर्ने बताए ।
नेपालको बिद्यालय तहमा पढाईने शिक्षाले शैक्षिक स्तरमा बृद्धी हुन नसक्ने उनले बताए ।
घोकन्ते शिक्षाले नेपालको सक्षमताको स्तर ५० प्रतिशत समेत नरहेको बताउदै उनले अब प्राबिधिक धारको शिक्षा आवश्यक रहेको बताए ।
सरकारले अबको रणनिती प्राबिधिक शिक्षालाई जोड दिने बनाएकाले बढी भन्दा बढी सक्षम युवा जनशक्तिको उत्पादनका लागी स्थानीय आवश्यकतालाई आधार मानेर स्थानिय पाठ्यपुस्कलाई पठनपाठनमा ल्याउनुपर्ने बताए ।
उनले अबको शिक्षा बिज्ञानको शिक्षा भएकाले स्थानिय सरकारले बढी भन्दा बढी बिज्ञान बिषयलाई जोड दिनपर्ने समेत बताए ।
नेपालको शिक्षा प्रणलिलाई बिस्तापित गराई अबको शिक्षा जिवन उपयोगी शिक्षालाई उनले जोड दिए ।
सरकारले ब्यवहारी शिक्षालाई जोड दिने क्रममा केही जटिलताहरु सिजर्ना भएकाले यस्ता जटिलताहरुलाई समाधान गर्दै जाने बताए । उनले स्थानीय सरकारलाई शिक्षक भर्ना गर्दा गुणात्मक शिक्षामा ध्यान दिन समेत आग्रह गरे ।
शिक्षक भर्ना गर्दा त्यसको गुणस्तरको मापन गरी प्रतिश्पर्धाका आधारमा भर्ना गरे शिक्षक महासघंमा पनि समस्या नआउने उनको भनाई छ ।
शिक्षकहरुको समस्या समाधानका लागी आफुले निरन्तर पहल गरिरहेको भएपनि त्यो पर्याप्त नभएको उनले बताए ।
जसका लागि आफू अझै पनि लागिपर्ने बताए । कार्यक्रममा सांसद यज्ञराज सुनुवारले सांसद कोषबाट युनाईटेड मिसन टु नेपाल द्वारा सञ्चालीत ओखलढुंगा सामुदायीक अस्पतालको नर्सिङ शिक्षाका लागि १५ लाख बढीको बजेट घोषणा गरे ।
उनले प्राबिधिक शिक्षालाई जोड दिन आफु सदैब तत्पर रहेको समेत बताए । ओखलढुंगामा ओखलढुंगा समुदायीक अस्पतालले ओखलढुंगा स्कुल अफ हेल्थ साईन्स अन्तरगत जिल्लामै पहिलो पटक प्रबिणता प्रमाणपत्र तहको नर्सिङ कक्षा सञ्चालन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कल्याण उपकार सेभिङ्गका ६ जनाविरुद्ध पक्राउ पुर्जी
-
हामी ‘होमवर्क’मै छौँ, अहिल्यै सरकारमा जादैनौँ : रावल
-
प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो– ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’
-
दीपेश पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश
-
सुप्रिम सहकारी ठगी प्रकरणमा ओमप्रकाश गुरुङलाई थुना पठाउने आदेश
-
राम्रो काम गरे पुरै कार्यकाल प्रचण्ड प्रधानमन्त्री : महासचिव पोखरेल