शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

क्रिकेटर युवराज सिंहको अवकाश बारे के भन्छिन् पूर्व प्रेमिका किम शर्मा ?

मङ्गलबार, २८ जेठ २०७६, ११ : ०७
मङ्गलबार, २८ जेठ २०७६

क्रिकेटर युवराज सिंहले सोमबार अन्तरराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । क्रिकेटलगायत सिनेमा जगतका व्यक्तित्वले युवराजलाई नयाँ इनिङका लागि बधाई दिँदै उनका शानदार यात्रालाई याद गरे । युवराजलाई बधाई दिनेमा अनुष्का शर्मा, वरुण धवन, अनुपम खेरजस्ता सेलिब्रिटी समावेश छन् । साथै, उनकी पूर्व प्रेमिका किम शर्माले पनि युवराजलाई नयाँ इनिङको बधाई दिइन् ।

युवराज सिंहको अवकाशमा उनकी श्रीमती हेजेलले इन्स्टाग्राममा पत्रकार सम्मेलनका बेला खिचिएको युवराज सिंहको एउटा तस्बिर सेयर गर्दै क्याप्सनमा लेखे, ‘र यससँगै एउटा युगको अन्त्य भएको छ । तपाईंले आफैंलाई गर्व गर्नुपर्छ । अब अर्को अध्यायतर्फ बढ्छौं । धेरै माया ।’

हेजलको यो तस्बिरमा कमेन्ट गर्दै किम शर्माले लेखिन्, ‘सधैं चम्किरह, मायालु जोडी ।’

हेजलको पोष्टमा कमेन्ट गर्दै बलिउडका विभिन्न सेलिब्रिटीले युवराजलाई बधाई दिए । स्मरण रहोस्, किम शर्मा र युवराज सिंह लामो समयसम्म सम्बन्धमा थिए । यी दुईको विवाहसमेत हुने चर्चा थियो तर युवराजकी आमाले उनीहरुको सम्बन्ध अस्विकार गरेपछि यी दुईबीच दरार आएको थियो ।

अनुष्का शर्माले युवराजको पोष्टमा उनलाई वारियर (योद्धा) भनिन् । अनुष्काले सबै यादका लागि धन्यवाद दिँदै उनलाई एक योद्धा र मानिसहरुको लागि प्रेरणा बताए ।

यस्तै, नायक वरुण धवनले ट्वीटरमा युवराजको एउटा तस्बिर सेयर गर्दै युवराजलाई राम्रो याद दिलाएको र खेलका महान एम्बेसडर रहनका लागि धन्यवाद दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप