गगनचुम्बी भवनको छतमा होलिकोप्टर दुर्घटना हुँदा...
न्युयोर्क सिटीको म्यानहटनस्थित एक गगनचुम्बी भवनको छतमा हेलिकोप्टर दुर्घटना भएको छ । दुर्घटनामा पाइलटको मृत्यु भएको बीबीसीले जनाएको छ ।
दुर्घटनापछि भवनको छतमा आगलागी पनि भएको जसलाई तत्काल नियन्त्रणमा ल्याउन सकिएको अधिकारीले बताएका छन् । दुर्घटनामा कोही पनि घाइते नभएको जानकारीमा उल्लेख छ ।
स्थानीय मिडियाले मृत्यु हुने हेलिकोप्टर चालकको नाम टिम म्याककोर्म्याक बताएको छ ।
787 7th ave, #midtown NYC. We’re 1 block south. 20 mins ago there was a loud sound like a too-low #helicopter & I looked up and saw sheet of flame on roof and then smoke. News reports saying helicopter/small plane crash onto roof which would be consistent with what I heard/saw. pic.twitter.com/swY3ksLskH
— Lance Koonce (@LHKoonce) June 10, 2019
दुईवटा इन्जिन भएको अगस्टा A109E हेलिकोप्टरमा उनी नै एक्ला व्यक्ति सवार रहेको फेडरल एभिएसन एड्मिनिस्ट्रेसनले बताएको छ ।
दुर्घटना स्थानीय समयानुसार सोमबार दिउँसो करिब २ बजेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा भागबण्डा टुङ्गियाे, सामाजिक विकास मन्त्रालय माओवादीलाई
-
‘कर्णालीबारे ५ प्रतिशत पनि लेखिएको छैन’
-
लम्जुङबाट ‘भाइरल गोर्खे’को छायांकन सुरु
-
केटाको परिवारले होटलको ढोका ढकढक्याए, भित्रबाट सुनियो बच्चा रोएको आवाज
-
नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : अध्यक्ष ढकाल
-
कर्णालीका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने