बेनी–जोमसोम–कोरला सडक निर्माण तीव्र गतिमा
नेपाल चीन हुँदै तेस्रो देशसम्मको ब्यापारका लागि अत्यन्तै आकर्षक हुने बेनी–जोमसोम–कोरला सडक निर्माण अहिले तीव्र गतिमा अगाडि बढिरहेको छ । कालिगण्डकी करिडोरका नाममा राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत यो आयोजनामा प्रधानमन्त्री कार्यालयको समेत विशेष चासो रहँदै आएको छ ।
म्याग्दीको बेनीदेखि जोमसोमसम्मको ७४ किलोमिटर र जोमसोमदेखि कोरलासम्मको ११० किलोमिटर लामो सडक ११ मिटर चौडा बनाउने गरी एक्साभेटर, लोडर तथा हजारौ श्रमिक खटिइरहेका छन् । नेपालले चीनका विभिन्न बन्दरगाह प्रयोग गर्न पाउने गरी द्विदेशीय समझदारी भएपछि चीनको ग्वाङ्जाओ बन्दरगाहको लाभ लिन यो सडक प्रयोग हुनेछ ।
पोखरा–बाग्लुङ सडक हुँदै मालढुङ्गा–बेनी सडकसँग जोडिएको यो सडक निर्माणमा पहाडी र हिमाली खण्ड पार गर्ने नाकास्थलहरूको पहरा चिर्न ठूलो जनशक्ति र उपकरण परिचालित छन् । चुनौतीपूर्ण मानिएको म्याग्दीको कालीगण्डकी खाँेच, रुप्से झरना आसपासको पहरा फुटाउने कार्य अहिले तीव्र गतिमा भइरहेको छ । कतिपय स्थान नेपाली सेनासँग सहकार्य गरेर ब्लास्टिड नै गर्नुपर्ने खालका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा गोपालचन्द्र सुवेदीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण