शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पोर्चुगलले जित्यो युइएफए नेसन्स लिग

सोमबार, २७ जेठ २०७६, ०८ : ४२
सोमबार, २७ जेठ २०७६

युइएफए नेसन्स लिग फुटबलको उपाधि आयोजक पोर्चुगलले जितेको छ । पोर्टोमा आइतबार राति भएको फाइनल खेलमा नेदरल्यान्डलाई १–० गोलले हराउँदै पोर्चुगल च्याम्पियन बनेको हो ।

क्रिस्टियानो रोनाल्डो प्रेरिच पोर्चुगलले सन् २०१६को युरोकप पछि ठूलो प्रतियोगिता जितेको यो पहिलो पटक हो । घरेलु मैदानमा पोर्चुगललाई च्याम्पियन बनाउन गोन्कालो गुइडेसले निर्णायक गोल गरेका थिए । गोन्कालोले ६०औं मिनेटमा बर्नाडो सिल्भाको पासमा गोल गरेका थिए । खेलको सुरुवातदेखि आक्रामक देखिएको पोर्चुगलले गोलगर्न भने निकै संघर्ष गर्नु परेको थियो ।

रोनाल्डोको लगातार प्रहारलाई नेदरल्यान्डका रक्षकले विफल पारेका थिए । ११औं मिनेटमा रोनाल्डोको पोस्ट छेउको प्रहारलाई नेदरल्यान्ड्सका रक्षक ब्लिन्डले बचाएका थिए । रोनाल्डो २८औं र ३१औं मिनेटमा पनि पोस्ट नजिक चुकेका थिए । दोस्रो हाफमा सुधारिएको खेल खेलेको नेदरल्यान्डले गोल फर्काउन नसक्दा पोर्चुगल भाग्यमानी बन्यो ।

यसैगरी तेस्रो स्थानमा लागि आइतबार राति भएको खेलमा इङ्ल्यान्डले स्विट्जरल्यान्डलाई सडन डेथमा ६–५ गोलले हरायो । निर्धारित र अतिरिक्त समयमा गोल रहित बराबरीमा सकिएको खेल पेनाल्टीमा पनि ५–५ गोलको बराबरी भएको थियो । त्यसपछि सडनथेडमा इङ्ल्यान्डले बाजरी मार्यो ।

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप