शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

इँटाले हिर्काएर श्रीमतीको हत्या

आइतबार, २६ जेठ २०७६, २२ : ३५
आइतबार, २६ जेठ २०७६

कपिलवस्तु-कपिलवस्तुको सिद्धार्थ क्याम्पसस्थित बुङ्ची टोल नजीकै एक व्यक्तिले श्रीमतीलाई इँटाले हिर्काएर हत्या गरेका छन् । अत्यधिक मादक पदार्थ सेवन  गरेर अपराह्न ४ बजेतिर आएका श्रीमान्लाई सामान्य गाली गर्न थालेकी श्रीमतीले सोही कारण ज्यान गुमाएकी हुन् । 

वाणगङ्गा १ बुङ्चीकी ३९ वर्षीया गीता चौधरीको ४९ वर्षीय श्रीमान् अगमानले हत्या गरेको  अभियोग लगाइएको हो । आज अपराह्न ४ः३० बजे भएको घटनाको खबर पाउनासाथ तत्काल पुगेको प्रहरीले घाइतेलाई एम्बुलेन्समार्फत प्रादेशिक अस्पताल बुटवल पठाए पनि  साँझ पौने ७ बजे अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता देवेन्द्रकुमार पाण्डेले जानकारी दिए । अभियुक्त अगमानलाई प्रहरीले हिरासतमा राखेको छ । दम्पती दैनिक काम गरेर खाने मजदूर रहेको बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप