शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश ३ को नाम नेवाः तामसालिङ राख्न माग

शनिबार, २५ जेठ २०७६, १७ : ३४
शनिबार, २५ जेठ २०७६

प्रदेश ३ का केही सांसदहरुले नेवाः तामसालिङको नाममा प्रदेशको नामाकरण गरिनुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंको तमुबौद्ध सेवा समितिमा पत्रकार सम्मेलन गरि उनीहरुले संविधानले तय गरेका पहिचानका ५ र सामथ्र्यका ४ आधार तथा संघीयताको अन्तर्राष्ट्रिय अनुभवका आधारमा आफुहरुले नेवाः तामसालिङ  नाम  प्रस्ताव गरेको बताए । 

प्रदेश नम्बर ३ ले  बहुपहिचानलाई प्रतिनिधित्व गरेको भएपनि मुख्य बाहुल्यता नेवार र तामाङ समुदायको भएको भन्दै सांसदहरुले प्रदेशको नाम नेवा तामसालिङ नै राखिनुपर्ने दाबी गरे । 

पत्रकार सम्मेलनमा सांसद सीता अधिकारीले विभिन्न सभ्याताहरुको योगको रुपमा रहेको नेवा सभ्यता र वत्तिस हजार बर्ष पुरानो ईतिहास बोकेको तामसालीङ सम्भताको वस्तुगत धरालतीय आधारमा बहुपहिचानको प्रतिनिधित्व हुनेगरी नेवाः तामसालिङ नामाकरण गर्नु उपयुक्त हुने तर्क गरिन् । 

अर्का सांसद रत्न ढकालले २० प्रतिशत तामाङ र १७ प्रतिशत नेवार बसोबास गर्ने भएकाले त्यसैलाई आधार बनाएर नामाकरण गर्नुपर्नेमा जोड दिए । 

त्यसैगरी सांसद प्रतिमा श्रेष्ठले जातिय पहिचानको आधारमा प्रदेशको बसोबासको वस्तुस्थितिकै आधारमा नाम प्रस्तावित गरिएको बताइन् । 

प्रदेश नम्बर ३ को सचिवालयमा यही जेठ ९ गते सांसद ओम घलान र प्रतिमा श्रेष्ठ प्रस्तावक रहेर  ३ नम्बर प्रदेशको नाम ‘नेवा ताम्सालिङ’ प्रदेश राखियोस् भनी प्रस्ताव दर्ता भएको छ । 

यस प्रस्तावलाई सांसदहरु रत्न ढकाल, प्रेम बहादुर तामाङ र सीता अधिकारीले समर्थन गर्नुभएको छ । अहिले सम्म प्रदेशका लागि गौरीशंकर र नेवामण्डल गरि थप दुई नामका प्रस्ताव पनि दर्ता भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप