अर्घाखाँचीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

अर्घाखाँची । श्रीमानको कुटपिटबाट अर्घाखाँचीको सितगंगा–१ सुवर्णखालमा एक महिलाको ज्यान गएको छ ।
यसरी मृत्यु हुनेमा सितगंगा–१ मन्द्रे घर्तीसारा निवासी ३४ वर्षीया बसन्ता खत्री रहेको प्रहरीले जनाएको छ ।
यहि जेठ २० गते अत्याधिक मदिरा सेवन गरेका मृतकका श्रीमान ३५ वर्षीय बिष्णु खत्रीले आफ्नो श्रीमतीलाई सामान्य झगडा हुँदा रिसको झोकमा मुखमा हानेर घरको झ्यालमा टाउको ठोक्काई दिएका थिए ।
टाउको ठोक्किएर नाककानबाट रगत बगेर मृत्यु भएपछि मृतकका माईती पक्षले प्रहरीमा उजुरी दिएका थिए ।
घटनाबारे थाहा पाउनेबित्तिकै ईलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो ।
सो क्रममा विष्णुले श्रीमती घरकै दलिनमा झुन्डिएर मृत्यु भएको भनि मृतकको घाटीमा पासो देखाउँदै आफूले बचाउन पासो काटिदिएको प्रहरीलाई झुठो कुरा बताएका थिए ।
जब सदरमुकाम जिल्ला अस्पताल सन्धखर्कमा शवको पोस्टमार्टमको रिपोर्टले कुटपिटबाटै मृत्यु भएको देखाएपछि प्रहरीले सोधपुछ गर्दा तब उनले घटनाबारे मुख खोलेको प्रहरीले जनाएको छ ।
आफुले कुटपिट गरेर मृत्यु भएपछि घाँटीमा पासो लगाईदिएको उनले स्विकार गरेका छन् ।
आफुले मुक्कै मुक्काले हानेर झ्यालमा टाउको ठोक्काएर नाककानबाट रगत बगेर श्रीमतीको मृत्यु भएको उनले स्विकार गरेका हुन् ।
मृतक खत्रीको अनुहारमा र शरिरको विभिन्न ठाँउमा निल डाम रहेको छ । अहिले जिल्ला अदालतबाट म्याद थप गरि अभियुक्त थुनामा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मतपछि कुलेखानी तेस्रोबाट पुनः विद्युत् उत्पादन सुरू
-
मोदीको चेतावनी : हामीले १ सयभन्दा बढी आतंककारी मार्यौँ, पाकिस्तानको मनोवृत्ति हेरेर थप कारबाही गर्छौँ
-
वैदेशिक रोजगारीमा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति उपलब्ध
-
अमेरिकाकाे चेतावनी : युद्ध नरोके व्यापारमा सघाउँदैनौँ
-
खानेपानी मन्त्री भन्छन्, ‘जनताले महसुस गर्ने गरी काम भएको छ’
-
सुदीपका परिवारसँग नेपालस्थित भारतीय राजदूतावासका प्रतिनिधिको भेट