बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश ः सरकारको नीति तथा कार्यक्रम पारित

शुक्रबार, २४ जेठ २०७६, २२ : ०३
शुक्रबार, २४ जेठ २०७६

कञ्चनपुर- सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम पारित भएको छ । आज बसेको प्रदेशसभाको बैठकले आगामी आवको सो नीति तथा कार्यक्रम बहुमतले स्वीकृत गरेको हो ।
 
यही जेठ १९ गते सुदूरपश्चिम प्रदेश सरकारले आगामी आवको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको थियो । नीति तथा कार्यक्रममाथि भएको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै आजको बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टले छफलमा उठेका उपयुक्त सुझावलाई नीति तथा कार्यक्रममा समेट्ने प्रतिबद्धता व्यक्त गरे । 

मुख्यमन्त्रीले प्रदेश सरकारलाई केही संयन्त्र सभावमा काम गर्न असहज हुँदाहुँदै पनि जनतालाई राहत हुने काम गरेको उल्लेख गरे । प्रतिपक्षले मुख्यमन्त्री कपलाई व्यवस्थित गराउन दर्ता गराएको संसोधन प्रस्तावमा मुख्यमन्त्री भट्टले यसलाई तल्लोतहसम्मको संरचनामा विस्तार गरेर संचालन गर्ने बताए ।
 
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रमुख सचेतक गोविन्दराज बोहराले  प्रदेशसभा बैठकमा राख्नुभएको संशोधन गर्नुपर्ने प्रस्ताव अस्वीकृत गर्दै आजको बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप